लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस सेयर दिने
सोमबार, ०१ माघ २०८०, १२ : ३५
काठमाडौँ । लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको २३ औँ साधारण सभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो ।
यस्तै साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित पनि गरेको छ । साथै साधारण सभाले संस्थापक सेयरधनीको तर्फबाट रमण नेपाल र मनोज कुमार भट्टराई तथा सर्वसाधारण सेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको छ ।
नवनियुक्त सञ्चालक समितिको अर्को बैठकले रमण नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण