टुँडिखेलमा च्यापिएर घाइते भएका १६ मध्ये १० जना डिस्चार्ज
काठमाडौँ । टुँडिखेलमा थारु र मगर समुदायले आयोजना गरेको माघी महोत्सवमा धकेलाधकेल हुँदा १६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये १० जना डिस्चार्ज भएका छन् ।
वीर अस्पताल स्थित ट्रमा सेन्टरबाट डिस्चार्ज भएर १० जना घर फर्किएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । ६ जनाको उपचार हुँदै छ । माघी महोत्सवमा टुँडिखेलभित्र पस्ने र निस्कने क्रममा उनीहरू घाइते भएका हुन् ।
टुँडीखेलमा थारु समुदायले थारु राष्ट्रिय माघी महोत्सव र मगर समुदायले प्रमुख राष्ट्रिय सांस्कृतिक पर्व माघे संक्रान्ति आयोजना गरेका हुन् ।
उपचाररत घाइतेहरुमा धादिङ घर भएकी १९ वर्षीया रेजिना घले, कैलाली घर भएकी १९ वर्षीया रेस्मी मगर, संखुवासभा घर भएकी २२ वर्षीया निर्मला श्रेष्ठ, ललितपुर घर भएकी २७ वर्षीया रश्मी नेपाल, दोलखा घर भएकी ११ वर्षीया युनिका बराल र उदयरकी १४ वर्षीया करिश्मा मगर छिन् ।
अरु १० जना ट्रमा सेन्टरबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा खोटाङ घर भएकी १२ वर्षीया त्रिसना मगर, सिन्धुपाल्चोक घर भएकी अन्जना तामाङ, धनकुटा घर भएकी १६ वर्षीया निकिता मगर, बर्दिया घर भएकी ३० वर्षीया रेखा चौधरी, प्युठान घर भएकी अनिसा केसी, कैलाली घर भएकी २५ वर्षीया कल्पना चौधरी र सुनसरी घर भएकी २२ वर्षीया मन्दिरा बस्नेत छन् ।
त्यस्तै डिस्चार्ज हुनेमा ललितपुर घर भएकी ४० वर्षीया मिना थापा, रोल्पा घरका प्रहरी जवान पृथ्वी बुढा मगर र पाल्पा घर भएकी २५ वर्षीया निशा राना थापा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण