रामायणमा कुम्भकर्णको भूमिकामा पाएका हुन् त बबी देओलले ?
नयाँ दिल्ली । एनिमलको सफलता पछि हिजोआज बबी देओल मख्ख छन् । उनको डिमान्ड बढेको हो । धेरैजसो निर्देशकहरु उनलाई आफ्नो फिल्ममा खेलाउन चाहिरहेका छन् । हालै मात्र उनले दक्षिण भारतका केही फिल्ममा खलपात्रको रूपमा देखिने पक्कापक्की भएको खबर आएको थियो ।
पछिल्लो खबरहरूका अनुसार निर्देशक नितेश तिवारीको मेगा प्रोजेक्ट रामायणमा खेल्न लागि बबी देओललाई प्रस्ताव गरिएको छ । उनलाई कुम्भकर्णको भूमिका अफर भएको बताइएको छ । ईटाइम्सले छापेको खबरका अनुसार फिल्ममा बबीको कास्टिङको अफवाह चलेपछि अभिनेताको टिमसँग कुराकानी भएको थियो । बबीको टिमले एक्टरले कुम्भकर्णको भूमिका पाएको खबरलाई गलत भनेको बताइएको छ । बबी नितेशको रामायणसँग आबद्ध नरहेको उनीहरूको भनाई थियो ।
खबरका अनुसार रानी कैकेयीको भूमिकाका लागि भने लारा दत्तको नाम फाइनल गरिएको छ । रामायणमा कैकयी राजा दशरथकी तेस्रो पत्नी हुन् । बबीका दाजु सनी देओल पनि यो प्रोजेक्टको हिस्सा हुने अनुमान चलिरहेको छ । चर्चाका कारण उनलाई हनुमानको भूमिका अफर भएको छ । नितेश तिवारीको रामायणमा रामको भूमिकामा रणवीर कपूर देखिनेछन् । दक्षिण भारतीय अभिनेत्री साई पल्लवी सिता बन्नेछिन् । फिल्ममा साउथ अभिनेता यश रावण बन्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण