कृषि आनुवंशिक स्रोतमध्ये करिब ४० प्रतिशत लोप
मङ्गलबार, ०२ माघ २०८०, १५ : ५०
काठमाडौँ । नेपालमा कृषि आनुवंशिक स्रोतमध्ये करिब ४० प्रतिशत लोप भइसकेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कृषि बाली एवं सम्बन्धित जंगली प्रजाति, घाँसे बाली, पशुपन्छी, मत्स्य एवं जलीय आनुवंशिक स्रोत, कृषि महत्त्वका कीरा र कृषि महत्वका सुक्ष्म जीवमध्ये करिब ४० प्रतिशत लोप भइसकेका हुन् ।
सामाजिक, धार्मिक तथा सांस्कृतिक परम्पराहरू कृषि जैविक विविधतासँग जोडिएका भएता पनि त्यस्ता कृषि आनुवंशिक स्रोतलाई उजागर एवं प्रचार–प्रसार गर्न नसकिएकाले लोप भएको मन्त्रालयले उल्लेख गरेको छ । कृषि जैविक विविधताको महत्व र यसको संरक्षण बारे आम सर्वसाधारण र सरोकारवाला सबै पक्षहरू जानकार र सचेत भई तिनको संरक्षण र दिगो उपयोगमा जोड दिनु पर्ने मन्त्रालयले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण