आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

५ एक्सन फिल्ममा लिड रोलमा देखिँदैछन् सिद्धार्थ मल्होत्रा

मङ्गलबार, ०२ माघ २०८०, १६ : ४७
मङ्गलबार, ०२ माघ २०८०

नयाँ दिल्ली । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा यतिबेला सिरिज इन्डियन पुलिस फोर्सका कारण चर्चामा छन् । यसमा हाई एक्सन, थ्रिलर र ड्रामा देख्न पाइनेछ । खबरहरूका अनुसार सिद्धार्थमाथि मेकरहरुले १ हजार ५०० करोड दाउ लगाएका छन् । उनको आगामी फिल्म योद्धा ठुलो बजेट भएको फिल्म हो । करण जौहरले बनाउन लागेको यो फिल्मका निर्देशक पुष्कर ओझा र सागर आँवरे रहेका छन् । यही मार्च १५ मा रिलिज हुन लागेको यो फिल्मको बजेट ६० करोड भारु रहेको छ ।

इन्डियन पुलिस फोर्स जनवरी १९ मा नेटफ्लिक्समा रिलिज हुँदै छ । यसमा सिद्धार्थको साथमा शिल्पा शेट्टी र विवेक ओबरोय पनि छन् । उनी राउडी राठौर २ मा पनि देखिनेछन् । सन् २०१२ मा आएको अक्षय कुमारको सुपर हिट फिल्म राउडी राठौरका सिक्वेल हो यो फिल्म । यसमा सिद्धार्थले अक्षय कुमारलाई रिप्लेस गरेका छन् । तमिल फिल्म थाडमको हिन्दी रिमेकमा पनि सिद्धार्थ लिड रोलमा देखिँदैछन् ।

सन् २०१९ मा आएको थाडम क्राइम थ्रिलर फिल्म थियो । महाराजामा पनि यिनी देखिँदैछन् । सिद्धार्थ निर्देशक प्रकाश झाको फिल्ममा पनि आउँदै छन् । यो फिल्मको सुटिङ छिटै हुने बताइएको छ । फिल्म अदल–बदलमा भने सिद्धार्थको जोडीको रूपमा कियारा आणवाणी देखिनेछिन् । सिद्धार्थ र कियाराको यो दोस्रो फिल्म हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप