एउटै कार्यक्रममा भुवन र प्रदीप ! के सम्बन्ध सुध्रिएको हो ?
काठमाडौँ । गत वर्ष प्रदीप खड्का अभिनीत फिल्म ‘प्रेम गीत ३’ले प्रदर्शनको समय चलचित्र विकास बोर्डबाट विभिन्न लफडा बेहोर्नु पर्यो । जसको कारण थिए, अभिनेता तथा बोर्ड अध्यक्ष भुवन केसी । केसीले प्रदीप अभिनीत फिल्म भएको कारणले विभिन्न लफडा दिएको चर्चा भयो । सोही फिल्मको पत्रकार भेटघाटको क्रममा प्रदीपले पनि भुवन केसीको राजीनामा मागे ।
यो किस्सा त्यतिकै खतम भएन । भुवनले चलचित्र विकास बोर्डबाट बाँडिने राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट चलचित्र विधानै गायब गराए । कारण थिए उनै प्रदीप । जुरीले प्रदीप अभिनीत फिल्म ‘प्रकाश’ उत्कृष्ट फिल्मका लागि सिफारिस गरेका थिए । यो विषय अहिले अदालतमा छ ।
यी विभिन्न कारणले केही समय यी दुबैबिच खुलेरै आरोप–प्रत्यारोप समेत भयो । दुबैबिच सम्बन्ध निकै चिसिएको कारण एउटै कार्यक्रममा समेत सहभागी हुँदैन थिए । अहिले भने भुवन र प्रदीप एकै कार्यक्रममा देखिन थालेका छन् । जसको उदाहरण मंगलबार आयोजित नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पत्रकार सम्मेलन हो ।
यो कार्यक्रममा भुवन र प्रदीपले एउटै स्टेजमा मात्र देखिएनन् । एक अर्कोलाई हेरे र मुस्कुराए पनि ।
भुवनले बोल्ने क्रममा प्रदीपलाई ‘सुपरस्टार’ भनेर सम्बोधन गरे । भुवनले सुपरस्टार भन्दा प्रदीप मुस्कुराए । दुईको क्रियाकलाप हेर्दा एकअर्कामा सहज रहेको अनुमान गर्न सकिन्थ्यो । एकै कार्यक्रममा दुवै देखिनु र एक अर्कालाई हेरेर मुस्कुराउनुले दुवै बिच सम्बन्ध सुध्रिएको अनुमान गर्न सकिन्छ ।
अभिनेता प्रदीप फिल्म ‘ऐरी’को घोषणा यता सम्बन्ध सुधार्न लागेका छन् । उनी मिडियासँग पनि खुल्न थालेका छन् । भुवनको क्रियाकलाप पनि पछिल्लो समय केही फरक देखिन्छ । चलचित्र विकास बोर्डको अध्यक्षको रूपमा उनले गरेको अधिकांश क्रियाकलाप विवादित बन्न थालेपछि उनी केही सफ्ट बनेर सबैसँग फ्रेड्ली हुन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण