दुध उत्पादक चितवनका किसानको आन्दोलन स्थगित
काठमाडौँ । चितवन जिल्लाका दुग्ध उत्पादक सहकारी संघद्वारा घोषित आन्दोलनका कार्यक्रम स्थगित भएको छ । सरकारले वार्ताका लागि बोलाएकाले सो आन्दोलन स्थगित गरिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताएका हुन् ।
संघले दुधको २२ करोड रकम भुक्तानी नभएको भन्दै गत पुस २९ देखि चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो । सरकारले आफूहरूको माग १५ दिनमा सम्बोधन गर्ने आश्वासन दिएकाले हाललाई सो आन्दोलन स्थगित गरेको उनले सुनाए । बगालेले दुध उत्पादन गर्ने चितवनका ४० हजारभन्दा बढी किसानले भदौदेखि नै भुक्तानी नपाएको बताए ।
चितवनका दुध उत्पादक किसानले दुधको बजारीकरण सहज गर्नुपर्ने, दुधको भुक्तानी समयमै हुनुपर्ने, सहुलियत ऋण सुलभ तरिकाले किसानले प्राप्त गर्ने वातावरण सिर्जना गर्नुपर्ने, बिमामा देखिएको समस्याको सहजीकरण गर्नुपर्ने र बागमती प्रदेश सरकारबाट दिँदै आएको दुध उत्पादनमा आधारित अनुदान रकम सबै दुग्ध किसानले पाउनुपर्ने माग राखेको बगालेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङको साप्सु खोलाका ढुङ्गामा तिखारिँदै छन् मूर्तिकारका सीप
-
औनाही चम्किँदा मोरक्को क्वाटरफाइनलमा
-
औनाहीको व्यक्तिगत दोस्रो गोलसँगै मोरक्को क्यानडाविरुद्ध २-० ले अघि
-
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
-
१२ बजे १२ समाचार: नेतृत्व हस्तान्तरणमा अनिच्छादेखि मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’सम्म
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण