शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरादायी ऐन’ संशोधन अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस

बुधबार, ०३ माघ २०८०, १७ : ०५
बुधबार, ०३ माघ २०८०

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरादायी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 

‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरादायी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ’, शर्माको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप