सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

२०२४ मा डेब्यु गर्दै यी ५ स्टार किड्स

बुधबार, ०३ माघ २०८०, २० : ३०
बुधबार, ०३ माघ २०८०

मुम्बई । वर्ष २०२३ मा केही स्टार किड्स फिल्म अभिनयमा भित्रिए । जसमा सुहाना खान, खुसी कपुर, अलिजेह अग्निहोत्री, राजवीर देओल र अथस्त्य नन्दा रहेका छन् । 

यो वर्षपछि अर्थात २०२४मा पनि केही स्टार किड्सका डेब्युको चर्चा छ । तीमध्ये केहीको फिल्म घोषणा भइसक्यो, भने केहीको आउने चर्चा छ । यो वर्ष फिल्मी पर्दामा देखिने ५ किड्स जसको चर्चा अहिले गर्न खोजिएको छ ।

राशा तदानी

राशा तदानी अभिनेत्री रवीना टन्डनकी छोरी हुन् । उनी फिल्म डेब्यु अगाडि नै स्टार भएकी छन् । सामाजिक संजालमा उनको निकै फलोअर्स छन् । साउथ सुपरस्टार रामचरणको साउथ फिल्मबाट उनी डेब्यु गर्न लागेको चर्चा छ ।

शनाया कपुर

संजय कपुरकी छोरी शनाया पनि यो वर्ष डेब्यु गर्ने तरखरमा छिन् । उनी हट लुक्स र डान्सको कारणले सधै चर्चामा छाउछिन् । शनायपनि साउथ फिल्मबाट डेब्यु गर्दैछिन् । उनी मोहनलालको पेन इन्डिया फिल्म ‘वृषभा’मा देखिनेछिन् ।

पशमीना रोशन

ऋतिक रोशनकी काकाकी छोरी पश्मीना रोशन पनि यो वर्ष अभिनयमा भित्रिनेछिन् । पश्मीना शाहिद कपुरको फिल्म ‘इश्क विश्क’को रीमेकबाट बलिउडमा भित्रिदैछिन् । ‘इश्क विश्क’ २००३ मा आएको रोमान्टिक फिल्म हो ।

इब्राहिम अलि खान  अभिनेता सैफअलि खानका छोरा इब्राहिम अलि खान पनि फिल्ममा डेब्यु गर्ने चर्चा छ । उनी करण जौहरको फिल्म ‘सरजमीत’बाट बलिउडमा देखिदैछन् । तर अहिलेसम्म यो खबर पुष्टि भएको छैन ।

अहान पाण्डे

अभिनेता चंकी पाण्डेका छोरा अहान पाण्डेपनि यो वर्ष अभिनयमा भित्रिने चर्चा छ ।  उनी यशराज फिल्मको ब्यानरबाट डेब्यु गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप