सार्वजनिक यातायात क्षेत्र सुधार गर्न सांसदको सुझाव
काठमाडौँ । सांसद कुमार दसौंदीले सार्वजनिक यातायात क्षेत्र सुधार गर्न सरकारलाई सुझाव दिएका छन् । बिहीबार संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसद दसौंदीले सार्वजनिक यातायात क्षेत्र सुधार नहुँदा बर्सेनि सयौँले ज्यान गुमाउनुपरेको भन्दै सवारीको मापदण्ड राम्रो बनाउने र सडक निर्माणमा पनि ध्यान दिनुपर्ने बताए ।
उनले पुष्पलाल राजमार्ग अन्तर्गत पर्ने राजमार्ग निर्माण प्रक्रिया किन सुस्त बनेको भन्दै भौतिक मन्त्री प्रकाश ज्वालालाई प्रश्न समेत गरे । ‘बजेट नपुगेर हो कि के हो ? हामी विद्युत धेरै भयो पनि भनिरहेका छौँ तर हाम्रो मन्त्रालयले चार्जिङ स्टेसन बनाउने नीति के छ ?’, उनको प्रश्न छ ।
अर्का सांसद गोपीबहादुर सार्कीले धेरै आयोजनाको स्थलगत भ्रमण गरेको भन्दै कतिपयमा धेरै राम्रो प्रगति भएको पनि पाएको बताए । उनले सङ्घीय सरकारले गौरवका आयोजना र साना आयोजनामा बजेट सुनिश्चितता गरिदिनुपर्ने आवश्यकता देखिएको भन्दै पूर्वपश्चिम रेलमार्ग अन्तर्गत झापाको सुनसरी क्षेत्रमा जग्गा रोक्का गरेर राखिदिएको पाइएको बताए । ‘त्यहाँ मुआब्जामा ३६ अर्ब लाग्ने देखिन्छ । तर आर्थिक सुनिश्चितता नहुँदा समस्या छ’, उनको भनाइ छ ।
त्यस्तै सांसद गोपिबहादुर सार्कीले आफुहरुले धेरै आयोजनाको स्थलगत भ्रमण गरेको बताउँदै त्यसमा धेरै प्रगति भएको पाइएको बताए । तर संघीय सरकारले गौरवका आयोजना र साना आयोजनामा बजेट सुनिश्चितता गरिदिनुपर्ने उनले बताए । सांसद सार्कीले पूर्वपश्चिम् रेलमार्ग अन्तर्गत झापाको सुनसरी क्षेत्रमा जग्गा रोक्का गरेर राखिदिएको बताउँदै जग्गाधनीले केही गर्न नपाएको बताए । उनले भने, त्यहाँ मुआब्जामा ३६ अर्ब लाग्ने देखिन्छ। तर आर्थिक सुनिश्चितता नहुँदा समस्या छ।’
त्यस्तै सांसद रामचन्द राईले गौरवका आयोजना पूरा हुँदा मानिसहरूमा आशा जगाउने बताउँदै त्यसले युवाहरुमा मुलुक छोड्ने काम न्यून हुने बताए। उनले बर्दिवासदेखि चोसासम्म ७० किमी रेलमार्गको ट्र्याक बनाउने काम भइरहेको बताउँदै त्यसको काम छिटो सम्पन्न गर्न माग गरे।
यसलाई अलि फरक ढंगले काम गर्नु सुझाव दिए । राईले भने, ‘झापामा हिजो ३ लाख धुरको जग्गा आज ७–८ लाख पुगिसक्यो। त्यसैले सडक रेखांकन मात्र होइन रोक्कानै गर्नुपर्यो ।’
सांसद राईले हुलाकी सडकमा सडक, ढल र विद्युतीय पोलका कारण मोरङ र झापामा बाटो साँघुरिएको बताउँदै चितवनको माडीमा पुल झुन्डिएको बताए । उनले राष्ट्रिय निकुञ्जको समस्या समाधान गर्नु माग गर्दै तराईमा हुलाकी सडकले त्यहाँका बासिन्दामा आशा दिएको बताए ।
त्यस्तै सांसद इन्दिरादेवी गौतमले राजमार्गमा कुन कुन मापदण्डका मोटर गुडाउने भन्ने यकिन नहुँदा दुर्घटना भइरहेको बताइन्। उनले ठेकेदारले लामो समयसम्म ठेक्का होल्ड गर्ने माथि के कारबाही भएको छ ? भन्दै प्रश्न समेत गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण