बराबरीमा सकियो पुलिस र सशस्त्रबिचको मैत्रीपूर्ण फुटबल
काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीबिच बिहीबार खेलिएको मैत्रीपूर्ण फुटबल गोलरहित बराबरीमा सकिएको छ । उक्त मैत्रीपूर्ण खेल २३औँ सशस्त्र प्रहरी दिवस–२०८० को उपलक्ष्यमा सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकस्थित एपीएफ रंगशालामा खेलिएको थियो ।
दुबै टोलीमा ३५ वर्षभन्दा माथिका बरिष्ठ अधिकृत र अधिकृतहरुको मात्र सहभागिता रहेको थियो । सशस्त्र प्रहरीको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले कप्तानको भूमिका निर्वाह गरेका थिए ।
अर्याल र बज्राचार्यले मायाको चिनो पनि आदान–प्रदान गरेका थिए । महानिरीक्षक अर्यालले सहभागी खेलाडी, प्रशिक्षक र ब्यवस्थापकलाई प्रशंसापत्रसमेत प्रदान गरे । मैत्रीपूर्ण खेलका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृत, अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण