चार पटककी ग्रान्डस्लाम च्याम्पियन स्विटेकले बल्लतल्ल हराइन् कोलिन्सलाई
काठमाडौँ । पोल्यान्डकी प्रभावशाली खेलाडी ईगा स्विटेक वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता ‘अस्ट्रेलियन ओपन’ को तेस्रो चरणमा प्रवेश गरेकी छन् । २२ वर्षीया स्विटेकले मेलबर्नमा बिहीबार खेलिएको महिला एकलतर्फको दोस्रो चरण खेल जित्न निकै संघर्ष गर्नुपर्यो ।
स्विटेक दोस्रो चरणको भिडन्तमा अमेरिकी प्रतिद्वन्द्वी ड्यानियल कोलिन्सलाई ६–४, ३–६, ६–४ अंकले हराउँदै उपाधि जित्ने अभियानमा थप एक खुड्किलो माथि उक्लिएकी हुन् । खेलको प्रारम्भदेखि नै ३० वर्षीया कोलिन्सले स्विटेकलाई गतिलो चुनौती दिएकी थिइन् ।
ग्रान्डस्लाम प्रतियोगितामा हालसम्म क्वार्टरफाइनल चरणभन्दा अगाडि बढ्न नसकेकी कोलिन्सले दोस्रो सेटमा स्विटेकलाई ६–३ अंकले पछि पारेकी थिइन् । कोलिन्स सन् २०२० मा ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपनको क्वार्टरफाइनलसम्म पुगेकी थिइन् । माथिल्लो वरीयताकी खेलाडी स्विटेकले भने यसअघि चारपटक ग्रान्डस्लाम प्रतियोगिताको उपाधि चुमिसकेकी छन् । उनले सन् २०२०, सन् २०२२ र सन् २०२३ फ्रेन्च ओपन तथा सन् २०२२ मा यूएस ओपनको उपाधि जितेकी थिइन् ।
स्विटेकले चार ग्रान्डस्लाम प्रतियोगितामध्ये हालसम्म अस्ट्रेलियन ओपन र विम्बल्डनको उपाधि भने चुम्न सकेकी छैनन् । उनी सन् २०२२ मा अस्ट्रेलियन ओपनको सेमिफाइनलसम्म पुगेकी थिइन् । विम्बल्डनमा भने उनी क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेकी छैनन् ।
स्विटेक सन् २०२३ मा विम्बल्डनको क्वार्टरफाइनलमा पुगेकी थिइन् । ‘कोलिन्सले आज गतिलो चुनौती दिइन् । उनको खेल उत्कृष्ट थियो । झण्डै मैले विमानस्थलको बाटो समाउनुपरेको थियो,’ खेलपछि स्विटेकले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण