चार घण्टा ३० मिनेटको भिडन्तपछि लुकासलाई हराए जर्मनीका ज्वेरेभले
काठमाडौँ । जर्मनीका अलेक्जेन्डर ज्वेरेभ वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् । २६ वर्षीय ज्वेरेभ तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी लुकास क्लेइनलाई हराउँदै पुरुष एकलतर्फको तेस्रो चरणमा पुगेका हुन् ।
२५ वर्षीय स्लोभाकियन खेलाडी लुकासले प्रारम्भदेखि नै ज्वेरेभलाई गतिलो चुनौती दिएका थिए । ज्वेरेभ र लुकासबिचको दोस्रो चरणको खेल चार घण्टा ३० मिनेटसम्म चलेको थियो । पहिलो सेटको नतिजालाई ज्वेरेभ ७–५ ले आफ्नो पक्षमा पारेका थिए ।
दोस्रो सेटको खेलमा भने लुकासले ज्वेरेभलाई ३–६ अंकले पछि पारेका थिए । तेस्रो सेटको नतिजालाई पनि लुकासले ४–६ ले आफ्नो पक्षमा पारेका थिए । जिततर्फ अग्रसर रहेका लुकास चौथो चरणको प्रतिस्पर्धात्मक खेलमा भने ७–६ (७–५) अंकले पछि परे ।
यी दुईबिचको भिडन्त निकै रोमाञ्चक थियो । अन्ततः पाँचौँ सेटको नतिजालाई ७–६ (१०–७) ले आफ्नो पक्षमा पार्दै अनुभवी ज्वेरेभ प्रतियोगिताको तेस्रो चरणमा पुग्न सफल भए । लुकास छनोट चरण पार गर्दै अस्ट्रेलियन ओपनमा सहभागी भएका हुन् ।
ज्वेरेभ यसअघि सन् २०२० मा यूएस ओपनको फाइनलसम्म पुगेका थिए । उनी सोही वर्ष अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पनि पुगेका थिए । उनी तीनपटक फ्रेन्च ओपनको सेमिफाइनलसम्म पुगिसकेका खेलाडी हुन् । अर्को ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डनमा भने उनी दुई पटक चौथो चरणमा पराजित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण