आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
शंकास्पद आयात

भारतबाट १३ वटा ट्रकमा ल्याइएका ५ हजार ४६० बोरा पोटास बरामद

बिहीबार, ०४ माघ २०८०, १६ : २९
बिहीबार, ०४ माघ २०८०

काठमाडौँ । भारतबाट १३ वटा ट्रकमा ल्याइएका ५ हजार ४६० बोरा पोटास खाद बारा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी दधिराम न्यौपानेले विशेष सूचनाका आधारमा बाराका छुट्टाछुट्टै दुई स्थानबाट सो परिमाणको पोटास खाद बरामद भएको जानकारी दिए ।

किसान ट्रेडर्स भारतको उक्त पोटास खाद १३ वटा ट्रकमा लोड गरी वीरगन्जदेखि राजविराज, विराटनगर, बिर्तामोडतर्फ लगिँदै गरेको सूचनामा प्रहरीलाई प्राप्त भएको थियो । सोही सूचना पछ्याउने क्रममा प्रहरी चौकी पथलैयाले जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित पथलैया चोकबाट ५ वटा इलाका प्रहरी  कार्यालय निजगढले पथलैया चोकबाट थप ८ ट्रक नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणपछि १३ वटा ट्रकबाट ८७ लाख ३६ हजार बराबारको पोटास खाद बरामद गरेको र त्यसको कर सम्बन्धी विवरण शंकास्पद रहेको न्यौपानेले बताए । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप