बलिदानी दिवसमा ‘मधेस गान’ सार्वजनिक, मधेस सरकारमाथि उठ्यो प्रश्न
वीरगन्ज ।
मधेस है अपनी आनबान,
जीवनधारा है मधेस,
मधेस मे बस्ती जान हमारी,
प्राण से प्यारा मधेस,
मधेस हमारा जिने का मक्सद,
रगरग बसा मधेस, मधेस है अस्तित्व हमारा, धर्मा–कर्मा मधेस । जय मधेस, जय मधेस......
यो गीत शुक्रबार मधेस प्रदेश सरकारले आयोजना गरेको बलिदानी दिवसका अवसरमा सार्वजनिक गरिएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि रहेको छैटौँ बलिदानी दिवस कार्यक्रममा ‘मधेस गान’ भन्दै यो गीत सार्वजनिक गरिएको हो । राम भरोस कापडीद्वारा लेखिएको यो गीतमा स्वर दिएका छन्– भारतीय गायक उदितनारायण झाले ।
बलिदानी दिवसको अवसर पारेर यसलाई ‘मधेस गान’को रुपमा सार्वजनिक गरिएपछि विभिन्न अड्कलबाजी सुरु भएका छन् । कतिपयले यसलाई मधेस गानको रुपमा लिइरहेका छन् भने कतिपयले राष्ट्र गानजस्तै भोलिको मधेस गानको रुपमा व्याख्या गरिरहेका छन् ।
मधेस प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममै गीत सार्वजनिक गरिएकाले पनि धेरै खालको टिप्पणी भइरहेको छ । कार्यक्रममा सहभागी प्रदेश सांसद श्याम पटेलले सार्वजनिक ‘मधेस गान’बारे आफैँ अचम्मित रहेको बताए ।
उनी भन्छन्, ‘प्रदेश सरकारबाट आयोजित कार्यक्रम थियो, त्यसरी मधेस गान भनेर किन सार्वजनिक गरियो भनेर हामी आफैँ छक्क परेका छौँ ।’
मधेस सरकारले आयोजना गरेको कार्यक्रममा यसरी मधेस गान भनेर सार्वजनिक गरेपछि यसको धेरै अर्थ लाग्ने सांसद पटेल बताउँछन् । यसले प्रदेश सरकारमाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ छ ।
‘मधेस गान’बारे रातोपाटीको जिज्ञासामा मधेस प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री महम्मद समिमले मधेस सहिद प्रतिष्ठानले तयार पारेको गीत सार्वजनिक गरिएको बताए ।
उनले भने, ‘यो गीत मधेस प्रतिष्ठानको सहaयोगमा तयार पारिएको हो, त्यही भएर सार्वजनिक गरिएको हो । अरु यो बारेमा धेरै जानकारी मलाई छैन ।’
मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले यो गीतको बारेमा प्रदेश सरकारलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । उनी भन्छन्, ‘मधेस गान प्रदेश सरकारको होइन, जसपा पार्टीको हो । कार्यक्रममा सार्वजनिक गरिएकोमात्र हो, अरु केही होइन ।’
सार्वजनिक मधेस गानमा मधेस प्रदेशका ८ वटै जिल्लाका दृश्य समेटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण