बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली जनप्रगतिशील मन्च युरोपको अधिवेशन मार्च १७ र १८ मा हुँदै

शुक्रबार, ०५ माघ २०८०, २० : २९
शुक्रबार, ०५ माघ २०८०

काठमाडौँ । नेपाली जनप्रगतिशील मन्च (एनपीपीएफ) युरोपको ५ औँ अधिवेशन मार्च १७ र १८ तारिखका दिन स्पेनको बार्सिलोना सहरमा हुने भएको छ । एनपीपीएफ प्रवासमा रहेका नेकपा (माओवादी केन्द्र) का शुभेच्छुकहरुको संगठन हो ।

एनपीपीएफ युरोप कमिटीको हालै बसेको १५ औँ पूर्ण बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो । यो अधिवेशनले एनपीपीएफ युरोपको नयाँ नेतृत्व निर्वाचित गर्नेछ ।

एनपीपीएफ युरोपका कार्यवाहक अध्यक्ष रणबहादुर खाती क्षेत्रीले अधिवेशन भव्य रुपमा गर्नको लागि तयारी भइरहेको जानकारी दिए ।

‘अधिवेशनमा युरोपका डेढ दर्जनभन्दा बढी देशबाट एनपीपीएफका प्रतिनिधीहरु सहभागी हुनेछन्’ क्षेत्रीले भने, ‘भेलामा विचार र नीतिमाथि त बहस हुनेछ । सँगै परदेशमा नेपालीहरुले भोगेका समस्या बारेमा पनि छलफल गर्ने छौँ ।’

अधिवेशन उद्घाटनको लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गर्ने समेत बैठकले निर्णय गरेको छ ।

एनपीपीएफ युरोपको अधिवेशनमा नेकपा माओवादी केन्द्रका प्रवास इन्चार्ज राम कार्की ‘पार्थ’ र माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा सहभागी हुनेछन् ।

अधिवेशन तयारीका लागि विभिन्न समितिहरु गठन भएको छ । प्रवास समन्वय समितिका सदस्य सुरेन्द्र नेपाल श्रेष्ठको संयोजकत्वमा विधान मस्यौदा समिति गठन भएको छ । सदस्यहरुमा रणबहादुर खाती क्षेत्री, जित लामा, गंगा भुषाल र कृष्ण तिवारी छन् ।

बैठकले संगठनको तमाम गतिविधिसहितको राजनीतिक प्रगति विवरण तयार पार्न प्रवास समन्वय समितिका सदस्य तथा एनपीपीएफ युरोपका संगठन विभाग प्रमुख उदयराज गौतमलाई जिम्मा दिएको छ ।

प्रवास समन्वय समितिका सदस्य गंगा भुषालको संयोजकत्वमा अधिवेशन व्यवस्थापन समिति गठन भएको छ । प्रवास समन्वय समितिका सदस्यहरु डा।कृष्ण अर्याल, सुष्मा भुषाल, सागर पोख्रेल, नारायण शर्मा, अच्युत फुंयाल, बुद्ध लामा र सबै देशका अध्यक्षहरु समितिका सदस्य रहेका छन् ।

प्रवास समन्वय समितिका सदस्य चित्र सुवेदीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन भएको छ । सदस्यहरुमा प्रकाश पौडेल, लोक दाहाल, मानबहादुर गुरुङ, धर्म खतिवडा, संघर्ष के.सी, राजेन्द्र गौतम, गोविन्द भण्डारी र विशाल ढुङ्गाना रहेका छन् ।

अधिवेशन प्रचारप्रसार समिति प्रवास समन्वय समितिका सदस्य कृष्ण तिवारीको संयोजकत्वमा गठन भएको छ । सदस्यहरुमा प्रवास समन्वय समितिका सदस्यद्वय ठांहिला चाम्लिङ र महेशकुमार खाती, कर्मा पहाडी शेर्पा, दिल निशानी मगर, युवराज फुंयाल र बुद्धी बराइली रहेका छन् ।

एनपीपीएफ युरोपका सबै देशको अधिवेशन फेब्रुअरी महिनाभित्र सकेर प्रतिनिधिको नाम लिष्ट पठाउनु पर्ने बैठकले निर्णय गरेको छ ।

व्यवस्थापन समितिको संयोजक गंगा भुषालले अधिवेशन तयारीको लागि काम सुरु भएको जानकारी दिए । एनपीपीएफ स्पेनका अध्यक्ष विशाल ढुङ्गानाले अधिवेशन भव्य र ऐतिहासिक रुपमा सफल पार्न कुनै कसर बांकी नराखिने बताए ।

सन् २००५ मा एनपीपीएफ युरोपको स्थापना भएको थियो । युरोपका डेढ दर्जन बढी देशमा एनपीपीएफका राष्ट्रिय समिति सक्रिय छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप