शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

टाइगर कप भलिबलमा एपीएफको ह्याट्रिक

शनिबार, ०६ माघ २०८०, १३ : २४
शनिबार, ०६ माघ २०८०

पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबले ह्याट्रिक गरेको छ । अघिल्ला दुई संस्करण जितेको एपीएफले शनिबार भएको प्रतियोगितामा न्यू डायमण्ड क्लबलाई ३–० को सोझो सेटमा हराएर एपीएफले उपाधि रक्षा गरेको हो । 

एपिएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२१ ले हराएको हो । उपाधिसँगै एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ पुरस्कार जितेको छ भने दोस्रो भएको न्यू डायमण्डले २ लाख ५५ हजार ५ सय ५५ प्राप्त गरेको छ । महिला तर्फ पुलिसलाई हराएर आर्मी तेस्रो भएको आर्मीले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ । 

उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरूले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रूपमा उत्कृष्ट हुने खेलाडीहरूले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप