आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
संसद

सभामुख घिमिरेले बोलाए सबै संसदीय समितिका सभापतिहरुलाई छलफलमा

शनिबार, ०६ माघ २०८०, २३ : २७
शनिबार, ०६ माघ २०८०

काठमाडौँ ।  सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गत रहेका सबै विषयगत समितिका सभापतिहरुसँग छलफल गर्ने भएका छन् । घिमिरेले आइतबार बिहान ११ बजे समितिका सभापतिहरुलाई छलफलमा बोलाएको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

छलफलको विषयबारे जानकारी नगराए पनि समितिको काम कारबाही र गतिविधिबारे उनले जानकारी लिन खोजेको अनुमान गरिएको छ । घिमिरे सभामुख चयन भएको १ वर्ष पूरा भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप