शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
लुम्बिनी

विमान चार्टर गरेर चिनियाँ टोली दुई दिन लुम्बिनीमा

विमानस्थल सञ्चालन र गुरुयोजनाको विषयमा चासो
शनिबार, ०६ माघ २०८०, १६ : ४१
शनिबार, ०६ माघ २०८०

बुटवल । लुम्बिनी विकास कोषका उपाध्यक्ष उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) नियुक्त भएपछि खास गरी लुम्बिनीको विकासको लागि विभिन्न पहल थालेका छन् । लुम्बिनी गुरु योजना पुरा गर्न र गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय बौद्ध धर्मावलम्बीहरू भित्राउनको लागि पहल गरिरहेको लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोक्काले रातोपाटीलाई बताए। 

सोही क्रममा हिमालय एयरलाइन्सको विमान चार्टर गरेर आएको चिनियाँ टोली लुम्बिनीमा आएर दुई दिन बसेको छन् । उक्त टोलीमा १७० जना जना चिनियाँ बौद्ध धर्म गुरु तथा अनुयायीहरू रहेका थिए । उनीहरू लुम्बिनीमा रहेको चिनियाँ बिहारमा बसेका थिए ।  चिनियाँ टोलीले मायादेवी मन्दिरमा विश्व शान्तिको कामना गर्दै पूजाआजा गर्नुका साथै दीप प्रज्वलन गरेका थिए। उनीहरूले स्थानीयलाई सुजता खिर खुवाएका थिए। भगवान् बुद्धलाई सुजता खिर खान दिएर ज्ञान प्राप्त गरेको विश्वासको आधारमा खिर खुवाउने प्रचलन रहेको छ । 

लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले चिनियाँ टोली विमान चार्टर गरेर कोभिड पछि दोस्रो पटक लुम्बिनी आएको रातोपाटीलाई बताए । उनका अनुसार कोभिडबाट लुम्बिनीमा बन्द रहेको चिनियाँ विहार गत बुद्ध जयन्तीको अवसरमा खुल्ला गर्दा पनि चिनियाँ राजदूतसहित टोली यस्तै गरी आएका थिए । उक्त टोलीलाई विमानस्थलमा स्वागत गर्न राजदूत,लुम्बिनी विकास कोषका उपाध्यक्ष लगायत पुगेका थिए । 

  • उपाध्यक्ष लामा र चिनियाँ टोलीबिच के-के कुरा भयो ? 

नेपालका लागि चिनियाँ राजदूत चेन सोङ तथा बुद्धिस्ट एसोसिएसन चाइनाका उपाध्यक्ष इन सु मास्टर लगायतसँग विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले चीनबाट सिधै गौतम बुद्ध  विमानस्थलमा उडानको लागि पहल गर्न आग्रह गरेका थिए  बुद्धिट एशोसिसन चाइनाका उपाध्यक्ष मास्टरले लुम्बिनीमा रहेको चिनियाँ विहारको संरक्षकको रूपमा हेर्दै आएका छन् । 

लुम्बिनीस्थित चिनियाँ विहारमा भएको भेटवार्तामा गौतम बुद्ध विमानस्थलबाट सिधै चिन उडान, लुम्बिनीको भौतिक पूर्वधारको लागि चिनियालाई सहयोग गर्न आग्रह गरेका थिए । भेटमा जापानीज वास्तुविद् केञ्जे टांगेले निर्माण गरेको गुरुयोजनाको पूर्णता, चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा आउने वातावरण बनाउने र लुम्बिनीको विकास र संरक्षण प्रवर्द्धनका सहकार्यकाको लागि आग्रह गरेको भेटमा सहभागी लुम्बिनी विकास वार्डका कार्यकारी सदस्य श्याम रोक्काले रातोपाटीलाई बताए ।

one

राजदूत सोङले गुरुयोजनाका सन्दर्भमा चासो राखेपछि उपाध्यक्ष डा. लामाले त्यसलाई पूर्णता दिने तयारीमा जुटेको बताएका थिए। लुम्बिनीको गुरुयोजना पूरा हुनासाथ कपिलवस्तु र रामग्राम क्षेत्रको विकासका लागि गुरुयोजना बनाउने योजनामा रहेको उपाध्यक्ष डा.लामाले स्पष्ट पारेका थिए।

नेपाल र चीनबिचको सम्बन्ध हजारौँ वर्षदेखि सुमधुर रहेको बताउँदै बुद्धले त्यसलाई थप जोडेको उल्लेख गर्दै उपाध्यक्ष लामाले चिनियाँहरू सहज रूपमा बुद्ध जन्मस्थल ल्याउनको लागि राजदूत तथा धर्म गुरुहरूलाई सहयोग गर्न आग्रह गरेका थिए। सो अवसरमा चिनियाँ टोलीले तत्काल बुद्ध जन्मस्थलमा चीनबाट थप बुद्धिस्टहरू ल्याउनको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। उनीहरूले लुम्बिनीको प्रवर्द्धन गर्नको लागि पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको रोक्काले बताए । 

गौतम बुद्ध विमानस्थलबाट चीन र श्रीलंकामा सिघै उडान गर्न सकेमा लुम्बिनीमा थप पर्यटक भित्र्याउन सक्ने लुम्बिनी विकास कोषको अपेक्षा अनुसार नै चीन तथा नेपालका लागि श्रीलङ्काली राजदूत सुदर्शना पाथिरानासँग उपाध्यक्ष लामालाई आग्रह गरेका छन् । केही दिन अगाडि उपाध्यक्ष लामाले श्रीलङ्का राजदूतसँग लुम्बिनीमा भेटघाट गरी लुम्बिनीबाट सिधै श्रीलङ्का उडानको बारेमा जोड दिँदा राजदूत पाथिरानाले आफूले पनि पहल गर्न सहयोग गर्ने जनाएका थिए। अन्य देशका सरोकारवालासँग उपाध्यक्ष लामाले भेटघाट गरी लुम्बिनीको विकासको लागि सहयोग गर्ने वातावरण बनाउँदै गएको रोक्काले बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप