महिलाहरुकाे नेतृत्वमा रुपन्देहीमा महिला तथा बाल अस्पताल सञ्चालनमा
बुटवल । रुपन्देहीको तिलोत्तमामा नगरपालिकामा महिलाको लगानी र नेतृत्व महिला तथा बाल अस्पताल सञ्चालनमा आएको छ । तिलोत्तमा-४ ड्राइभर टोलमा ओम महिला तथा बाल अस्पताल अधिकांश महिलाहरूको लगानी तथा सञ्चालनको सम्पूर्ण जिम्मा समेत महिलाहरूले लिएर चलाएको आज पत्रकार सम्मेलन गरेर जनाएका हुन्।
सुत्केरी आमाहरू, नवजात शिशु, बालबालिका तथा किशोर किशोरीका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि अस्पताल स्थापना गरिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. शर्मिला शर्माले जानकारी दिइन् । स्थानीय सरकार तिलोत्तमाबाट १५ बेडको स्वीकृति लिएको यो अस्पताललाई आगामी दिनमा सय शय्यामा बिस्तार गरिने डा. शर्माले बताइन्।
अस्पतालमा अहिलेसम्म १० करोड बढी लगानी भएको र २५ जनाको शेयर रहेको अध्यक्ष शारदा तिवारीले जानकारी दिइन् । यस अस्पतालमा २१ जना महिला र ४ जना पुरुषको सेयर पुँजी रहेको छ । अस्पतालमा प्रसूति सम्बन्धी सम्पूर्ण सेवा, खोप, एनआईसियू ओपिडी, २४ सै घण्टा इमर्जेन्सी अपरेसनसेवा, २४ सै घण्टा इमर्जेन्सी, औषधि पसल, २४ सै घण्टा प्रयोगशाला सेवा, २४ सै घण्टा जनरल बेड र क्याबिनहरूको सेवा सञ्चालनमा रहेको प्रबन्ध निर्देशक कमदा मल्ल हमालले जानकारी दिइन् । अस्पतालमा ६५ जना कर्मचारीहरू कार्यरत छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
-
मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण
-
इङ्ग्ल्यान्डको विश्वकप नकआउट चरण लगभग पक्का !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण