मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त रेमिट्यान्स कम्पनी सामसारा रेमिट र पशुपति पे इन्डियाबीचको रणनीतिक साझेदारीपछि भारतमा रहेका नेपालीहरूले मोबाइलबाटै सहज रूपमा नेपाल पैसा पठाउन सक्ने भएका छन्।
यस सेवाअन्तर्गत भारतमा रहेका नेपालीहरूले पशुपति पे एप डाउनलोड गरी अनलाइन केवाईसी प्रमाणीकरण पूरा गरेपछि घर, कार्यस्थल वा भारतको जुनसुकै स्थानबाट नेपालमा रकम पठाउन सक्नेछन्। यसका लागि एजेन्ट वा शाखा कार्यालयमा पुग्नुपर्ने आवश्यकता रहने छैन।
हालसम्म धेरै सेवाग्राहीले पैसा पठाउन एजेन्ट वा सेवा केन्द्र धाउनुपर्ने बाध्यता रहेकामा अब सम्पूर्ण प्रक्रिया मोबाइलमार्फत नै पूरा गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यसले समय र लागत बचत गर्नुका साथै सुरक्षित र भरपर्दो माध्यमबाट रकम पठाउन सहज हुने कम्पनीको दाबी छ।
सामसारा रेमिटका डीजीएम राजीव पोखरेलका अनुसार भारतको जुनसुकै स्थानबाट २४सै घण्टा नेपालका बैंक खाता तथा डिजिटल वालेटमा सिधै रकम पठाउन सकिनेछ। परम्परागत माध्यमको तुलनामा कम लागतमा पूर्ण रूपमा सुरक्षित र वैधानिक तवरले रेमिट्यान्स सेवा उपलब्ध हुने उनले बताए।
कम्पनीका अनुसार सेवा शुल्क (कमिसन) पनि प्रतिस्पर्धी तथा तुलनात्मक रूपमा कम राखिएको छ। साथै नयाँ ग्राहकलाई पहिलो कारोबार निःशुल्क गर्ने सुविधा समेत प्रदान गरिएको छ।
भारतमा करिब ३० देखि ३५ लाख नेपाली बसोबास गर्दै आए पनि हाल १० देखि १५ प्रतिशतले मात्र औपचारिक माध्यमबाट नेपाल पैसा पठाउने गरेका छन्। यस्तो अवस्थामा नयाँ सेवाले हुन्डीजस्ता अवैध कारोबारलाई निरुत्साहित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त सामसारा रेमिटले हाल विश्वका २०० भन्दा बढी देश तथा क्षेत्रबाट नेपालमा रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले नेपालभरका बैंक तथा वित्तीय संस्था तथा प्रमुख डिजिटल वालेटमार्फत झन्डै दुई दशकदेखि सेवा प्रदान गर्दै आएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण