बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता

बिहीबार, ०४ असार २०८३, २२ : ३८
बिहीबार, ०४ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को समूह चरण अन्तर्गत चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेलमा पहिलो हाफको समाप्तिसम्म चेक रिपब्लिकले १–० को अग्रता लिएको छ ।

काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह चरण अन्तर्गत आजबाट दोस्रो चरणका खेलहरू सुरु भएका छन् । समूह ‘ए’ मा रहेका चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको रोमाञ्चक भिडन्तमा पहिलो हाफको समाप्तिसम्म चेक रिपब्लिकले १–० को अग्रता लिएको छ ।

फिफा विश्वकप २०२६ को समूह चरण अन्तर्गत आजबाट दोस्रो चरणका खेलहरू सुरु भएका छन् । समूह ‘ए’ मा रहेका चेक रिपब्लिक र दक्षिण अफ्रिकाबिचको रोमाञ्चक भिडन्तमा पहिलो हाफको समाप्तिसम्म चेक रिपब्लिकले १–० को अग्रता लिएको छ।

खेल सुरु भएको केही मिनेटमै चेक रिपब्लिकले आक्रामक लय समातेको थियो । खेलको छैटौँ मिनेटमा चेक रिपब्लिकका मिडफिल्डर मिखाल सादिलेकले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । 

गोल खाएपछि दक्षिण अफ्रिकाले खेलमा फर्कन केही राम्रा अवसरहरू सिर्जना गरे तापनि चेक रिपब्लिकको रक्षापंक्तिले त्यसलाई विफल तुल्याइदियो । पहिलो हाफको खेल सकिँदा चेक रिपब्लिक १ गोलले अगाडि रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप