अफ्रिका कप अफ नेशन्समा एंगोला विजयी
काठमाडौँ । अफ्रिका कप अफ नेशन्समा एंगोला विजयी भएको छ । शनिबार राति भएको खेलमा एंगोलोले मौरी टेनियालाई ३–२ गोल अन्तरले पराजित गर्दै समूह डी मा शीर्ष स्थानमा पुग्दै अन्तिम १६ नजिक पुगेको छ ।
यही समूहमा रहेको बुर्किनाफासो र एल्जेरियाले बराबरी खेलेका थिए । ३० औँ मिनेटमा एंगोलाले अग्रता लिएको थियो । ज्याकिन्टन डालाले गोल गर्दै अग्रता दिलाएका थिए । ४३ औँ मिनेटमा मौरीटेनियाका सिदी अमारले बराबरी गोल फर्काए ।
५० औँ मिनेटमा ज्याक्टिन डालाले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता २–१ मा लगेका थिए । ५३ औँ मिनेटमा डेभी मिगुएलले गोल गरेपछि अग्रता ३–१ पुगेको थियो ।
तर, ५८ औँ मिनेटमा अबुबकारी कोएटाले मौरीटेनियाका लागि गोल गर्दै अन्तर ३–२ मा झारे पनि हार टार्न पर्याप्त भएन । शनिबार नै भएको खेलमा अल्जेरिया र र बुर्किना फासोले २–२ गोलको बराबरी खेलेका थिए ।
बुर्किना फासोले मोहमद कोन्टेको गोलको मद्दतले पहिलो हाफको अतिरिक्त समयमा अग्रता लिएको थियो । ५१ औँ मिनेटमा अल्जेरियाका लागि बगदान बउनेदजाहले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याएका थिए ।
७१ औँ मिनेटमा पेनाल्टीमार्फत बेट्रान्ड टारोइले गोल गर्दै बुर्किनाफासोलाई २–१ ले अघि बढाए । दोस्रो हाफको अतिरिक्त पाँचौँ मिनेटमा बगदादले व्यक्तिगत दोस्रो गोल गरेपछि अन्ततः दुवै टिमले २–२ गोलको बराबरी खेल्दै एक एक अङ्कमा चित्त बुझाए ।
यस्तै, समूह ई मा ट्युनेसिया र मालीले पनि एक एक गोलको बराबरी खेलेका छन् । लासिन फेन्टा सिनायोकोले १० औँ मिनेटमा गोल गर्दै मालीलाई अग्रता दिलाएका थिए । तर, २० औँ मनिेटमा ट्युनेसियाका लागि हाम्जा रफियाले गोल गरेपछि खेल बराबरीमा आयो । त्यसपछि थप गोल नहुँदो दुवै टिमले एक एक अङ्क लिए । समूह ई मा माली ४ अङ्कका साथ शीर्ष स्थानमा रहँदा ट्युनेसिया १ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण