शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
सुन तस्करी

आधा किलो सुनसहित विमानस्थलबाट एकजना पक्राउ

आइतबार, ०७ माघ २०८०, १३ : ०७
आइतबार, ०७ माघ २०८०

काठमाडौँ । आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ परेका छन् । कतारको दोहाबाट त्रिभुवन विमानस्थल उत्रिएका एक यात्रुलाई आधा किलो सुनसहित पक्राउ गरिएको हो । 

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कतारको दोहाबाट तरल रूपमा ल्याएको आधा किलो सुनसहित झापा स्थायी ठेगाना भएका खगेन्द्र दर्जीलाई नियन्त्रणमा लिएको हो । दर्जीले कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित विमानस्थल भन्सार कार्यालयले दर्जीलार्य नियन्त्रणमा लिएको हो । 

हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारका दोहादेखि काठमाडौँ आएका दर्जीले तरल पदार्थ बनाएर सुन ल्याएका थिए । विशेष सूचनाको आधारमा दर्जीलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा.टोकराज पाण्डेले बताए । 

बरामद भएको सुन दर्जी आफैले ल्याएको वा उनी भरिया मात्रै हो भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको पाण्डेले बताए ।

pp

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप