‘द नेशनल डिजाइनर रनवे २०२४’ को मोडल छनोटमा ६० जनाले दिए अडिसन
काठमाडौँ । फेसन डिजाइनर र मोडलहरूका वृहत् प्रतियोगितात्मक शो ‘द नेशनल डिजाइनर रनवे २०२४’ को चौथो संस्करणका लागि शनिवार काठमाडौँमा प्रथम चरणको मोडल छनोट अडिसन भएको छ ।
कमलपोखरीस्थित सिटी सेन्टरको टेस्ट टाउन फुड कोर्टमा आयोजित अडिसनमा अडिसन ६० जना मोडलले अडिसन दिएका छन् । प्रतियोगिताको अर्को अडिसन पनि छिट्टै हुँदैछ । त्यसपछि मात्र छानिएका मोडल सार्वजनिक गर्ने आयोजक मोडल सङ्स नेपालको जनाएको छ ।
अडिसनमा सञ्चारकर्मी सरोज ओझा, पूर्व मोडल एवम् महिला उद्यमी रुवी महतो, डिजाइनर रन वे दोस्रो संस्करणका विजेता विप्लवराज नागर नहर र उपविजेता सरला डङ्गोल निर्णायक थिए । मोडलहरूले र्याम्प वाकसहित अडिसन दिएका थिए ।
अडिसनमा २५ जना डिजाइनरले समेत अडिसन दिएको निर्णायक सरोज ओझाले बताए । ‘अडिसनमा ब्युटी प्याजेन्ट विजेता मोडल र दिग्गज फेसन डिजाइनहरू सहभागी थिए’, उनले भने ।
मोडल सङ्स नेपालकी प्रबन्ध निर्देशक स्वस्ति दंगालले चौथो संस्करणको द नेशनल डिजाइनर रन वेको फिनाले आगामी फेब्रुअरी २८ मा सुकुटे बिचमा गरिने बताइन् । उनले प्रतियोगितामा फेशन डिजाइनरहरूले तयार पारेको पहिरनमा मोडलहरू र्याम्पमा उत्रिएर प्रस्तुत हुने जानकारी दिइन् । ‘डिजाइन र र्याम्प वाकका आधारमा विजेता घोषणा गरिनेछ’, उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा शनिबार पनि इजरायली आक्रमण, ५ जनाको मृत्यु
-
उद्योग मन्त्रालयद्वारा ‘वाणिज्य नीति, २०८१ को कार्यान्वयन कार्ययोजना’ स्वीकृत
-
रास्वपाको प्रतिनिधि सङ्ख्या ४ हजारभन्दा बढी
-
जेनजी आन्दोलनका क्रममा जेल तोडेर भागेका अभियुक्त पुनः चोरी काण्डमा पक्राउ
-
पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि
-
स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३० जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण