सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘द नेशनल डिजाइनर रनवे २०२४’ को मोडल छनोटमा ६० जनाले दिए अडिसन

आइतबार, ०७ माघ २०८०, १३ : ३७
आइतबार, ०७ माघ २०८०

काठमाडौँ । फेसन डिजाइनर र मोडलहरूका वृहत् प्रतियोगितात्मक शो ‘द नेशनल डिजाइनर रनवे २०२४’ को चौथो संस्करणका लागि शनिवार काठमाडौँमा प्रथम चरणको मोडल छनोट अडिसन भएको छ ।

कमलपोखरीस्थित सिटी सेन्टरको टेस्ट टाउन फुड कोर्टमा आयोजित अडिसनमा अडिसन ६० जना मोडलले अडिसन दिएका छन् । प्रतियोगिताको अर्को अडिसन पनि छिट्टै हुँदैछ । त्यसपछि मात्र छानिएका मोडल सार्वजनिक गर्ने आयोजक मोडल सङ्स नेपालको जनाएको छ । 

अडिसनमा सञ्चारकर्मी सरोज ओझा, पूर्व मोडल एवम् महिला उद्यमी रुवी महतो, डिजाइनर रन वे दोस्रो संस्करणका विजेता विप्लवराज नागर नहर र उपविजेता सरला डङ्गोल निर्णायक थिए । मोडलहरूले र्याम्प वाकसहित अडिसन दिएका थिए । 

अडिसनमा २५ जना डिजाइनरले समेत अडिसन दिएको निर्णायक सरोज ओझाले बताए । ‘अडिसनमा ब्युटी प्याजेन्ट विजेता मोडल र दिग्गज फेसन डिजाइनहरू सहभागी थिए’, उनले भने ।

मोडल सङ्स नेपालकी प्रबन्ध निर्देशक स्वस्ति दंगालले चौथो संस्करणको द नेशनल डिजाइनर रन वेको फिनाले आगामी फेब्रुअरी २८ मा सुकुटे बिचमा गरिने बताइन् । उनले प्रतियोगितामा फेशन डिजाइनरहरूले तयार पारेको पहिरनमा मोडलहरू र्याम्पमा उत्रिएर प्रस्तुत हुने जानकारी दिइन् । ‘डिजाइन र र्याम्प वाकका आधारमा विजेता घोषणा गरिनेछ’, उनले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप