जेनजी आन्दोलनका क्रममा जेल तोडेर भागेका अभियुक्त पुनः चोरी काण्डमा पक्राउ
सारांश
- मकवानपुरको भीमफेदी कारागारबाट जेनजी आन्दोलनको मौका छोपी फरार भएका डाँका चोरी मुद्दाका अभियुक्त रुद्र मोक्तानसहित तीन जनालाई धादिङको आदमघाटबाट ५ लाख ८० हजारभन्दा बढी नगदसहित प्रहरीले पक्राउ गरेको छ ।
- चोरी मुद्दाका प्रतिवादी रुद्र मोक्तान, अशोक तामाङ र उमेश तामाङलाई प्रहरीले धादिङको आदमघाटबाट ५ लाख ८० हजार ५४० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो ।
- मुख्य अभियुक्त रुद्र मोक्तान डाँका चोरी मुद्दामै भीमफेदी कारागारमा कैद भुक्तान गरिरहेका थिए तर जेनजी आन्दोलनको उथलपुथलको फाइदा उठाउँदै जेलबाट भागेका थिए ।
धादिङ । जेनजी आन्दोलनको मौका छोपी मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका एक अभियुक्त पुनः चोरीको घटनामा पक्राउ परेका छन् । डाँका चोरी मुद्दाका प्रतिवादी रुद्र मोक्तानसहित तीन जनालाई प्रहरीले धादिङको आदमघाटबाट ५ लाख ८० हजारभन्दा बढी नगदसहित नियन्त्रणमा लिएको हो ।
असार ४ गते दिउँसो करिब १२:१५ बजे मकवानपुरको कैलाश गाउँपालिका वडा नं. २ वैकुण्ठ बस्ने बुद्धराम मोक्तानको घरबाट ६ लाख रुपैयाँ नगद चोरी भएको थियो । उक्त चोरीमा ३३ वर्षीय रुद्र मोक्तानको समूह संलग्न रहेको सूचना इलाका प्रहरी कार्यालय पालुङबाट प्राप्त भएलगत्तै प्रहरीले व्यापक खोजी सुरु गरेको थियो ।
खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय गजुरी, धादिङबाट खटिएको प्रहरी टोलीले असार ५ गते साँझ ५ बजेतिर गजुरी–६, आदमघाट बजारस्थित किरान्चोकबाट आउँदै गरेका दुईवटा मोटरसाइकललाई चेकजाँच गरेको थियो । सो क्रममा मोटरसाइकलमा सवार तीनै जनालाई चोरीको नगदसहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा मुख्य अभियुक्त मकवानपुर कैलाश–२ का रुद्र मोक्तान, धादिङ बेनिघाट रोराङ–१ का २१ वर्षीय अशोक तामाङ र सोही स्थानका १९ वर्षीय उमेश तामाङ रहेका छन् । प्रहरीले रुद्र मोक्तानको साथबाट ५ लाख ८० हजार ५४० रुपैयाँ नगद बरामद गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मुख्य अभियुक्त रुद्र मोक्तानको आपराधिक अभिलेख निकै लामो र गम्भीर पाइएको छ । उनी डाँका चोरी मुद्दामै भीमफेदी कारागार मकवानपुरमा कैद भुक्तान गरिरहेका थिए । तर, जेनजी आन्दोलनको समयमा कारागारभित्र भएको उथलपुथलको फाइदा उठाउँदै उनी जेलबाट भागेर फरार भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक रूपान्तरणका लागि कृषि नै मुख्य आधार : शिक्षामन्त्री पोखरेल
-
उदयपुरमा १७ केजी गाँजासहित एक जना पक्राउ
-
श्रमिकको स्वर्ण युग : तीन महिना काम, बाँकी समय आराम
-
क्यानडालाई झट्का, स्टार मिडफिल्डर विश्वकपबाट बाहिरिए
-
बालकुमारीमा खैरो हेरोइन काराेबारीमाथि गोली प्रहार
-
भरतपुरमा रास्वपाको केन्द्रीय समिति बैठक सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण