बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जसपा झापाको अध्यक्षमा दिपेनबाला राई

आइतबार, ०७ माघ २०८०, १४ : ११
आइतबार, ०७ माघ २०८०

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको झापा जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार बिर्तामोडमा आयोजित भेलाले दिपेनबाला राईको अध्यक्षतामा २९ सदस्यीय समिति पुनर्गठन गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

समितिको उपाध्यक्षमा सन्तोष गणेश, बुद्धिमान खोयाङ लिम्बु सचिवमा रोम घिमीरे, उपसचिव चिजा राई, धर्म गुरागाई र कोषाध्यक्षमा ज्ञानेन्द्र कुरुङबाङ् लिम्बु चयन भएका छन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत राजनीतिक समिति सदस्यहरु जयराम यादव, निर्मला तावालगायत उपस्थित थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप