जङ्गी अड्डामा सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी
काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापना दिवसका अवसरमा यही माघ ९ गतेदेखि १३ गतेसम्म सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा तस्बिर र युनिट विशेष प्रदर्शनी सञ्चालन गर्ने भएको छ ।
प्रदर्शनीमा सेनाको विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने तस्बिर, हातहतियार र उपकरणको प्रदर्शनी गरिने नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।
प्रदर्शनीबाट सैनिकसम्बन्धी पोशाक, ब्याण्ड, हवाइ सेवा, घोडचढी, जङ्गल र पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेनासम्बन्धी जानकारी प्राप्त हुने छ ।
सेनाद्वारा सञ्चालित विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयलगायतका गतिविधि र श्रव्यदृश्य सामग्रीको समेत प्रदर्शनी हुने जानकारी दिइएको छ ।
आमनागरिकलाई नेपाली सेनासम्बन्धी विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।
प्रदर्शनी अवलोकनकर्तालाई यही माघ ९ गते दिउँसो दुईदेखि पाँच बजेसम्म तथा माघ १० गतेदेखि १३ गतेसम्म १० बजेदेखि अपराह्न ५ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था छ ।
प्रदर्शनीबाट सर्वसाधारण र विद्यार्थीलाई सेनाका विभिन्न गतिविधिबारे जानकारी लिन सजिलो हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादव अनुपस्थित
-
जेठ १९ मा गोपीकृष्ण राष्ट्रिय पुरस्कार बाँडिने
-
बाल मन्दिर जग्गा विवादमा राई स्कुलका प्रिन्सिपलविरुद्ध पक्राउ पुर्जी
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
-
सत्ता अदल–बदलले हिक्मतकुमार कार्की तेस्रो पटक मुख्यमन्त्री बन्न सफल
-
नयाँ सहर बसाल्न साउदीले लियो खतरनाक निर्णय