जङ्गी अड्डामा सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी
काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापना दिवसका अवसरमा यही माघ ९ गतेदेखि १३ गतेसम्म सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा तस्बिर र युनिट विशेष प्रदर्शनी सञ्चालन गर्ने भएको छ ।
प्रदर्शनीमा सेनाको विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने तस्बिर, हातहतियार र उपकरणको प्रदर्शनी गरिने नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।
प्रदर्शनीबाट सैनिकसम्बन्धी पोशाक, ब्याण्ड, हवाइ सेवा, घोडचढी, जङ्गल र पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेनासम्बन्धी जानकारी प्राप्त हुने छ ।
सेनाद्वारा सञ्चालित विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयलगायतका गतिविधि र श्रव्यदृश्य सामग्रीको समेत प्रदर्शनी हुने जानकारी दिइएको छ ।
आमनागरिकलाई नेपाली सेनासम्बन्धी विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।
प्रदर्शनी अवलोकनकर्तालाई यही माघ ९ गते दिउँसो दुईदेखि पाँच बजेसम्म तथा माघ १० गतेदेखि १३ गतेसम्म १० बजेदेखि अपराह्न ५ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था छ ।
प्रदर्शनीबाट सर्वसाधारण र विद्यार्थीलाई सेनाका विभिन्न गतिविधिबारे जानकारी लिन सजिलो हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पान निर्वाचन: कोषाध्यक्ष पदको मतगणना सुरु
-
१२ बजे १२ समाचार: उपत्यकाको यातायात सुधार्न सरकारको बृहत् गुरुयोजनादेखि इन्टर्न चिकित्सकको चरम शोषणसम्म
-
इप्पानको नेतृत्व चयन: वरिष्ठ उपाध्यक्षमा लामा र महासचिवमा आचार्य सर्वसम्मत
-
सर्वोच्चद्वारा वायुसेवा निगमको सञ्चालक नियुक्ति बदर, जेनजी मुभमेन्टद्वारा मन्त्री बर्खास्तीको माग
-
यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश
-
इप्पानको कोषाध्यक्षको लागि मात्रै निर्वाचन, अन्य पदाधिकारीमा सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण