बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जनमत नाङ्गिएर जसपालाई लाज हुँदैन : पूर्ण बस्नेत

आइतबार, ०७ माघ २०८०, २१ : २४
आइतबार, ०७ माघ २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जनमत पार्टी नाङ्गिएर जसपालाई लाज नहुने बताएका छन् । 

आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले उत्तेजना र सस्तो लोकप्रियताले राजनीति थेग्न नसक्ने अवस्था आएपछि जनमत पार्टी नाङ्गिन लागेको टिप्पणी गरेका हुन् ।

बस्नेतले भने,‘जनमत र उसको नेतृत्व अमुक व्यक्तिलाई देख्न नसक्ने अत्यन्त घृणा र द्वेषको राजनीति गर्न थालेको छ । जसपा परिवर्तनको नेतृत्व गरेर स्थापित भएको दल हो, जनमतजस्तो च्याँखे दाउ थापेर जन्मिएको दल हैन ।’

उनले भने,‘मुलुकमा भएका आन्दोलन, संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता जस्ता महत्त्वपूर्ण उपलब्धि र परिवर्तनसँग जनमत पार्टीलाई कुनै सरोकार छैन । तर प्राप्त उपलब्धि र परिवर्तनलाई संस्थागत गर्ने सवालमा जसपाले जनमत र जनमतजस्ताको हर्कतलाई परास्त गरेरै अगाडि बढ्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप