वडा सदस्यले विरोध गरेपछि पोखरा महानगरले पढाउन थाल्यो कानुन
सोमबार, ०८ माघ २०८०, ०९ : ५२
पोखरा । आफ्नो भूमिकालाई लिएर पोखरा महानगरपालिकाका वडा सदस्यहरू संगठित भएका छन् ।
उनीहरूले केही समयअघि संयुक्त बैठक बसेर संवैधानिक र कानुनी अधिकार खोजी गरे । त्यसैका लागि पिकनिक र अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ । माघ ११ गते पिकनिक आयोजना गरेपछि पोखरा महानगरपालिकाले हतार हतारमा सदस्यहरूका लागि कानुनी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
स्थानीय जनप्रतिनिधि र कर्मचारीहरूको लागि स्थानीय सरकार सञ्चालन ऐन तथा अन्तर सम्बन्धित विषयमा क्षमता विकास तालिम आयोजना गरिएको हो ।
सोमबारदेखि सुरु भएको तालिम मंगलबारसम्म चल्छ । तालिममा ३३ वटै वडाका सदस्यहरू, कार्यपालिका सदस्य, अन्य जनप्रतिनिधि र कर्मचारीहरू सहभागी छन् । वडा सदस्यहरूले कार्यपालिका बैठकले गरेका निर्णय नगर सभाबाट हुबहु पारित भएको र आफूहरूले छलफल गर्न नपाएको गुनासो गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण