वडा सदस्यले विरोध गरेपछि पोखरा महानगरले पढाउन थाल्यो कानुन
सोमबार, ०८ माघ २०८०, ०९ : ५२

पोखरा । आफ्नो भूमिकालाई लिएर पोखरा महानगरपालिकाका वडा सदस्यहरू संगठित भएका छन् ।
उनीहरूले केही समयअघि संयुक्त बैठक बसेर संवैधानिक र कानुनी अधिकार खोजी गरे । त्यसैका लागि पिकनिक र अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ । माघ ११ गते पिकनिक आयोजना गरेपछि पोखरा महानगरपालिकाले हतार हतारमा सदस्यहरूका लागि कानुनी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
स्थानीय जनप्रतिनिधि र कर्मचारीहरूको लागि स्थानीय सरकार सञ्चालन ऐन तथा अन्तर सम्बन्धित विषयमा क्षमता विकास तालिम आयोजना गरिएको हो ।
सोमबारदेखि सुरु भएको तालिम मंगलबारसम्म चल्छ । तालिममा ३३ वटै वडाका सदस्यहरू, कार्यपालिका सदस्य, अन्य जनप्रतिनिधि र कर्मचारीहरू सहभागी छन् । वडा सदस्यहरूले कार्यपालिका बैठकले गरेका निर्णय नगर सभाबाट हुबहु पारित भएको र आफूहरूले छलफल गर्न नपाएको गुनासो गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनको स्वरूप फेर्ने तयारीमा एकीकृत समाजवादी
-
अस्ट्रेलियापछि कास्कीको धम्पुसबाट थालियो ‘पीआर’को छायाङ्कन
-
भारत-पाकिस्तानलाई संयुक्त राष्ट्रसंघका महासचिवले दिए यस्तो सुझाव
-
फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित
-
राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर
-
कोशी प्रदेश सभाका अधिकांश सांसद भ्रमणमा व्यस्त, संसदीय गतिविधि ठप्प