तुहियो सोनी–जी मर्जरको योजना
नयाँ दिल्ली । जापानी मनोरञ्जन कम्पनी सोनी ग्रुप कर्पोरेशनमा भारतीय मनोरञ्जन कम्पनी जी इन्टरटेनमेन्ट गाभिने योजना तुहिएको छ । जनवरी २१ को मध्यरातमा दुई कम्पनी मर्जरको अन्तिम मिति गुज्रिएको छ ।
सोनीले यो मर्जर योजनालाई अगाडि नबढाउने यस मामिलाका जानकारहरुलाई उद्धृत गर्दै इकोनोमिक्स टाइम्सको अनलाइन संस्करणमा सोमबार समाचार छापिएको छ ।
१० अर्ब डलर बराबरको यो मर्जर प्रस्ताव खारेज भएको सूचना सोनीले जी इन्टरटेनमेन्टलाई पठाइसकेको अनुमान गरिएको छ । यी दुई कम्पनीबीचको मर्जर प्रयास सफल भएको भए यसबाट बन्ने मिडिया कम्पनी भारतको सबैभन्दा ठूलो कम्पनी हुने थियो ।
जीले गएको हप्ता मर्जरसम्बन्धी वार्तालाई लम्ब्याउन खोजेको थियो । सन् २०२१ को डिसेम्बरमा मर्जरको घोषणा भएको थियो । मर्जर योजना रद्द भएको घोषणा आगामी केही दिनमा हुने बताइएको छ ।
यसको सूचना जी इन्टरटेनमेन्टको सञ्चालक समिति, कम्पनीका सीईओ र एमडी पुनित गोयन्कालाई दिइसकेको छ । पछिल्लो समय जी इन्टरटेनमेन्टको आर्थिक अवस्था खस्किँदै गइरहेको छ ।
मर्जरपछि बन्ने कम्पनीको सीईओ को बन्ने भन्ने विषयमा पनि दुबै कम्पनी सहमतिमा आउन सकेका थिएनन् । नयाँ कम्पनीमा सोनीले भने गोयन्कालाई सल्लाहकारको भूमिका मात्रै दिन खोजेको थियो । सोनीले मर्जर सम्झौता रोक्न सक्ने भनेर ईटीले जनवरी ९ मै समाचार छापेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण