आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भोलिदेखि न्यूरोड क्षेत्रको कालो पत्रे सडकमा सवारी पार्किङ निषेध गर्ने तयारी

काठमाडौँ टावरमा निःशुल्क पार्किङ गर्न सकिने
सोमबार, ०८ माघ २०८०, २० : ०३
सोमबार, ०८ माघ २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलि (मंगलबार)देखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । 

यसको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइने महानगरले जनाएको छ । यस ठाउँमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने महानगरको भनाइ छ ।  

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने,‘भोलिदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौँ । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ ।’ 

उनकाअनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिनेछ । 

यसअघि महानगरले झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप