तीन वटा प्रवेश पत्रसहित ट्रायल दिने एक जना नियन्त्रणमा
भक्तपुर । भक्तपुरको राधे राधेबाट आज दुईपाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परीक्षाका क्रममा तीन वटा प्रवेश पत्रसहित एक जना परीक्षार्थीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । इलामको चुलाचुली ४ घर भई हाल काठमाडौँको थली बस्दै आएका १८ वर्षीय सिजन पुरीलाई प्रयोगात्मक परीक्षाका क्रममा नियन्त्रणमा लिइएको हो ।
पुरीले पहिलो पटक परीक्षामा अनुत्तीर्ण भई पुनः दोस्रो पटक अर्कै नक्कली प्रवेश पत्र लिएर परीक्षामा सहभागी भएको र पुनः परीक्षामा अनुत्तीर्ण भएकोमा तेस्रो पटक पनि नक्कली प्रवेश पत्र लिएर सहभागी हुने क्रममा प्रयोगात्मक परीक्षामा खटिएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालय भक्तपुरको संयुक्त टोलीले पुरीलाई नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा आएका पुरीलाई आवश्यक अनुसन्धानका लागी प्रहरी वृत्त ठिमीमा पठाइएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण