भारतमा राम मन्दिर : देउवा र साउदले दिए मोदीलाई बधाई
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतको अयोध्यामा राम मन्दिर उद्घाटन गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । ‘जय श्रीराम’ भन्दै उनले सामाजिक सञ्जाल एक्समार्फत मन्दिरमा गरिएको श्रीरामको प्राण प्रतिष्ठा समारोह सनातन धर्म अनुयायीहरुका लागि गर्वको क्षण रहेको उल्लेख गरेका छन् ।
Congratulations to Prime Minister @narendramodi Ji on the inauguration of Ayodhya Ram Mandir. The sacred Prana Pratishtha ceremony signifies a moment of pride for all followers of Sanatan Dharma.
— Sher Bahadur Deuba (@SherBDeuba) January 23, 2024
Jai Shree Ram! 🙏 pic.twitter.com/Za2F6lJHrs
त्यस्तै, परराष्ट्र मन्त्री एनपी साउदले पनि श्रीरामको प्राण प्रतिष्ठा समारोहले सम्पूर्ण सनातन हिन्दु धर्मावलम्बीहरुका लागि गर्वको कुरा रहेको उल्लेख गरेका छन् । मर्यादा पुरुषोत्तम श्रीराम र नेपालकी छोरी सीता साहस, त्याग, न्याय र धार्मिकताका प्रतीक रहेको उल्लेख गर्दै मन्त्री साउदले दुई देश बिच यो सम्बन्ध गहिरो सांस्कृतिक र सभ्यताको प्रतीक रहेको बताएका छन् । उनीहरूको सद्गुण र आदर्शले मानवताको सेवामा डोर्याएको उनले उल्लेख गरेका छन् ।
Jay Shree Ram!
— NP Saud (@NPSaudnc) January 22, 2024
Inauguration of Ayodhya Ram Mandir by Honorable Prime Minister Shri @narendramodi Ji and accomplishment of sacred Prana Pratishtha ceremony today is a proud moment for all the followers of Sanatan Dharma.
Maryada Purushottam Sri Rama and Mata Sita, daughter of… pic.twitter.com/mrc3zp6BSG
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो भारत उत्तर प्रदेशको अयोध्यामा राम मन्दिरको उद्घाटन गर्दै श्रीराम प्राण प्रतिष्ठा समारोहको आयोजना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण