शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा राम मन्दिर : देउवा र साउदले दिए मोदीलाई बधाई

मङ्गलबार, ०९ माघ २०८०, १३ : १५
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतको अयोध्यामा राम मन्दिर उद्घाटन गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । ‘जय श्रीराम’ भन्दै उनले  सामाजिक सञ्जाल एक्समार्फत मन्दिरमा गरिएको श्रीरामको प्राण प्रतिष्ठा समारोह सनातन धर्म अनुयायीहरुका लागि गर्वको क्षण रहेको उल्लेख गरेका छन् ।

त्यस्तै, परराष्ट्र मन्त्री एनपी साउदले पनि श्रीरामको प्राण प्रतिष्ठा समारोहले सम्पूर्ण सनातन हिन्दु धर्मावलम्बीहरुका लागि गर्वको कुरा रहेको उल्लेख गरेका छन् । मर्यादा पुरुषोत्तम श्रीराम र नेपालकी छोरी सीता साहस, त्याग, न्याय र धार्मिकताका प्रतीक रहेको उल्लेख गर्दै मन्त्री साउदले दुई देश बिच यो सम्बन्ध गहिरो सांस्कृतिक र सभ्यताको प्रतीक रहेको बताएका छन् । उनीहरूको सद्गुण र आदर्शले मानवताको सेवामा डोर्‍याएको उनले उल्लेख गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो भारत उत्तर प्रदेशको अयोध्यामा राम मन्दिरको उद्घाटन गर्दै श्रीराम प्राण प्रतिष्ठा समारोहको आयोजना गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप