अस्पतालबाट डिस्चार्ज भए सैफ अली खान
नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खान अस्पतालबाट डिस्चार्ज भएका छन् । सोमबार उनी शल्यक्रियाका लागि मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएको समाचारहरू आएका थिए ।
मंगलबार अस्पतालबाट डिस्चार्ज भएर सैफ घर गइसकेका छन् । सैफले घरमा पत्नी करिनाका साथमा खिचिएका केही तस्बिर अहिले इन्टरनेटमा भाइरल भइरहेका छन् ।
अस्पतालमा सैफको काँध र घुँडाको शल्यक्रिया भएको बताइएको छ । फिल्म सुटिङको क्रममा उनको काँध र घुँडा फ्र्याक्चर भएको थियो ।
लामो समयदेखि नै सैफले शल्यक्रियालाई वेवास्ता गरेर बसेका थिए । उनको चोट धेरै गम्भीर नभएकोले पनि उनले शल्यक्रियालाई पछाडि धकेलिरहेका थिए । सैफ र करिनाले ओमकारा, टशन, कुर्बान र एजेन्ट विनोदमा पनि सँगै काम गरेका थिए ।
तर विगत १२ वर्षयता सैफ र करिना ठूलो पर्दामा एकै साथ देखिएका छैनन् । सन् २०१२ मा एजेन्ट विनोद सैफ दम्पतीले स्क्रिन शेयर गरेको अन्तिम फिल्म थियो । उनीहरूका फ्यानका लागि यति बेला एउटा खुसीको खबर आएको छ ।
सैफ र करिना ठूलो पर्दामा सँगै देखिने सम्भावना छ । आफूहरूले यसबारे विचार गरिरहेको सैफ र करिना दुबैले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण