अब आइफोन चोरी नहोला त ?
काठमाडौँ । आइफोन निर्माता कम्पनी एप्पल इंकले आइफोनको सुरक्षाका लागि नयाँ फिचर ल्याएको छ । कम्पनीले अपरेटिङ सिष्टममा नयाँ अपडेट गरेको छ ।
यो अपडेटको नाम आईओएस १७.३ हो । यसमा एउटा खास फिचर छः चोरी भएका डिभाइसको सुरक्षा । यो फिचर निकै चर्चामा छ । एप्पलको ‘स्टोलन डिभाइस प्रोटेक्शन’को मद्दतले प्रयोगकर्ताहरूले उपकरण सुरक्षाको अर्को तह प्राप्त गर्नेछन् ।
यो तह त्यतिबेला सक्रिय हुनेछ जतिबेला प्रयोगकर्ता अनजान स्थानमा हुनेछन् । तपाई सधैँ घरबाट अफिस अनि अफिसबाट घर मात्रै गर्नु हुन्छन् । भने यो तपाईँको लागि परिचित स्थान भयो ।
फोन अपरिचित स्थानमा हुने बित्तिकै आईओएस १७.३ को यो फिचर सक्रिय हुनेछ । यसपछि फोनमा दोहोरो अथेन्टिकेशनसमेत कयौं फिचर एक्टिभेट हुनेछ । दोहोरो अथेन्टिकेशन जानकारी र पासवर्ड आदि फेर्ने बेलामा चाहिन्छ । स्मार्टफोन चोरी भएको बेलामा यो फिचर धेरै उपयोगी हुन्छ । आइफोन हरायो वा चोरी भयो भने यो फिचरले फोनमा भएको संवेदनशील जानकारीको सुरक्षा गर्छ ।
स्टोलन डिभाइस प्रोटेक्शन इनेबल भएपछिको अर्को फाइदा भनेको नयाँ लोकेशनमा बायोमेट्रिक अटेम्प एक पटक फेल हुन्छ ।
युजरले दोस्रो प्रयास एक घण्टापछि गर्न पाउँछ । आइफोन चोरी हुने र हराउने समस्याबाट बच्न यो फिचर ल्याइएको हो । आइफोन मा ओईओएस १७.३ अपरेटिङ सिष्टम अपडेट गरेपछि युजरले यो फिचर चलाउन पाउँछन् । यो फिचर एक्टिभेट गर्न पासकोड सेटिङमा जानुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण