सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन थप बीओपीहरु आवश्यक : महानिरीक्षक अर्याल
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन थप बीओपीहरु आवश्यक रहेको बताएका छन् ।
मंगलबार २३ औं सशस्त्र प्रहरी दिवसको अवसरमा हलचोकमा भएको समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले यस्तो बताएका हुन् । उनले राज्यको चिनारी उक्त राज्यको सीमामा निहित हुने भन्दै सशस्त्र प्रहरीले राज्यको सीमा रक्षार्थ बोर्डर आउट लेटको स्थापना गरी कार्यसञ्चालन गरिरहेको बताए । उनले सीमा सुरक्षालाई प्रभावकारी बनाउन थप बीओपीहरु, अत्याधुनिक उपकरणहरु र थप जनशक्ति अपरिहार्य रहेको उल्लेख गरे ।
महानिरीक्षक अर्यालले सीमा सुरक्षा समकक्षी सुरक्षा निकायहरुसँग नियमित बैठक आयोजना गरी सौहार्द्रपूर्ण सम्बन्धकासाथ समन्वय र सहकार्य गरिरहेको बताए । उनले राज्यको सीमा सुरक्षा पहराले मात्रै बलियो नहुने भन्दै सीमा क्षेत्रका नागरिकको मन र विश्वास जितेर परिचालित हुनसके मात्रै प्रभावकारी हुने बताए । उनले सशस्त्र प्रहरीले यो वर्ष सीमा जोडिएका ६ स्थानमा २२५ जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको बताए ।
महानिरीक्षक अर्यालले सीमा क्षेत्रका नागरिकको हितका लागि सीमा इलाका विकास योजना अवधारणा अनुसार नविन कार्यक्रमहरु शुरुवात गरिएको बताए । उनले उक्त कार्यक्रमलाई नेपाल सरकारबाट नीतिगत रुपमा निरन्तरताको घोषणासँगै बीओपीमार्फत सीमा इलाकामा विकासहरु काल्याणकारी कार्यहरु गर्न आवश्यक रहेको बताए ।
महानिरीक्षक अर्यालले काल्याणकारी सेवामार्फत यसैवर्ष सीमा इलाकामा बसोवास गर्ने आदीवासी,जनजाती,दलित र अल्पसंख्यक समुदायका छात्र/छात्रामध्ये सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने १५ जनालाई वार्षिक १२ हजारका दरले शैक्षिक वृद्धि र दुई जनालाई कक्षा १० सम्म निःशुल्क अध्ययनको व्यवस्था गरिने बताए । उनले सीमा क्षेत्रका जिल्लामा बसोवास गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई वार्षिक ४ प्रतिशत ब्याजदरमा न्यूनतम ५ देखि १० लाखसम्म सहुलियत आवास कर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण