सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भारत–माल्दिभ्स विवादका कारण सलमान–करणको ‘द बुल’ स्थगित

बुधबार, १० माघ २०८०, ०९ : ३३
बुधबार, १० माघ २०८०

मुम्बई । सलमान खान र करण जोहर २५ वर्षपछि सँगै काम गर्न लागेका हुन् । यस प्रोजेक्टको नाम ‘द बुल’ हो जसलाई करण जोहरले निर्माण गर्दैछन् । 

यसमा सलमान आर्मी अफिसरको भूमिकामा देखिनेछन् । चलचित्रको टिम गत वर्ष २८ डिसेम्बरको मुहूर्तका लागि मुम्बईको फिल्मसिटीमा भेला भएको थियो । फिल्म फेब्रुअरी २०२४ मा फ्लोरमा जानेछ।

 बलिउड हंगामाको रिपोर्ट अनुसार निर्देशक विष्णुवर्धनले निर्देशन गर्ने यो फिल्मको सुटिङ दुई महिनाका लागि स्थगित गरेका छन् । भारत र माल्दिभ्सबिच चलिरहेको विवादका कारण यस्तो भएको हो ।

फिल्मसँग सम्बन्धित स्रोतका अनुसार करण, विष्णु र सलमानले यस फिल्मको पटकथा तय गर्न अझै केही समय लिनेछन् । उनीहरु आफ्नो स्क्रिप्टमा केही परिवर्तन गर्दै भारत र माल्दिभ्सबिचको सम्बन्ध सुधारको प्रतीक्षामा छन् । सबै कुरा ठिक भएपछि निर्माण पक्षले यो चलचित्रको छायांकन सुरु गर्नेछ । अहिलेको लागि फेब्रुअरी तालिका करिब २ महिनाको लागि स्थगित गरिएको छ।

स्रोतले थप भन्यो, ‘अहिले विष्णुले फिल्मको कथामा परिवर्तन गरिरहँदा करणले फिल्मको सुटिङसँग सम्बन्धित अन्य उपायहरू पनि सोचिरहेका छन् । यसैबिच सलमानले अन्य स्क्रिप्ट पनि पढिरहेका छन् ।’

फिल्म ‘द बुल’ को कथा सन् १९८८ को प्रसिद्ध अपरेशन क्याक्टसमा आधारित छ । माल्दिभ्सलाई आतंकवादी हमलाबाट बचाउन भारतीय सेनाले यो अपरेशन गरेको थियो । यस फिल्मका लागि सलमानले तौल घटाउने तालिम लिइरहेका छन् । यसमा उनी आर्मी अफिसरको भूमिकामा देखिँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप