भारत–माल्दिभ्स विवादका कारण सलमान–करणको ‘द बुल’ स्थगित
मुम्बई । सलमान खान र करण जोहर २५ वर्षपछि सँगै काम गर्न लागेका हुन् । यस प्रोजेक्टको नाम ‘द बुल’ हो जसलाई करण जोहरले निर्माण गर्दैछन् ।
यसमा सलमान आर्मी अफिसरको भूमिकामा देखिनेछन् । चलचित्रको टिम गत वर्ष २८ डिसेम्बरको मुहूर्तका लागि मुम्बईको फिल्मसिटीमा भेला भएको थियो । फिल्म फेब्रुअरी २०२४ मा फ्लोरमा जानेछ।
बलिउड हंगामाको रिपोर्ट अनुसार निर्देशक विष्णुवर्धनले निर्देशन गर्ने यो फिल्मको सुटिङ दुई महिनाका लागि स्थगित गरेका छन् । भारत र माल्दिभ्सबिच चलिरहेको विवादका कारण यस्तो भएको हो ।
फिल्मसँग सम्बन्धित स्रोतका अनुसार करण, विष्णु र सलमानले यस फिल्मको पटकथा तय गर्न अझै केही समय लिनेछन् । उनीहरु आफ्नो स्क्रिप्टमा केही परिवर्तन गर्दै भारत र माल्दिभ्सबिचको सम्बन्ध सुधारको प्रतीक्षामा छन् । सबै कुरा ठिक भएपछि निर्माण पक्षले यो चलचित्रको छायांकन सुरु गर्नेछ । अहिलेको लागि फेब्रुअरी तालिका करिब २ महिनाको लागि स्थगित गरिएको छ।
स्रोतले थप भन्यो, ‘अहिले विष्णुले फिल्मको कथामा परिवर्तन गरिरहँदा करणले फिल्मको सुटिङसँग सम्बन्धित अन्य उपायहरू पनि सोचिरहेका छन् । यसैबिच सलमानले अन्य स्क्रिप्ट पनि पढिरहेका छन् ।’
फिल्म ‘द बुल’ को कथा सन् १९८८ को प्रसिद्ध अपरेशन क्याक्टसमा आधारित छ । माल्दिभ्सलाई आतंकवादी हमलाबाट बचाउन भारतीय सेनाले यो अपरेशन गरेको थियो । यस फिल्मका लागि सलमानले तौल घटाउने तालिम लिइरहेका छन् । यसमा उनी आर्मी अफिसरको भूमिकामा देखिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण