नारायणहिटी दरबार संग्रहालयको पर्खाल भत्काउन महानगरको ताकेता
काठमाडौँ । नारायणहिटी दरबार संग्रहालय परिसरको पर्खाल भत्काउन काठमाडौँ महानगरपालिकाले पुनः तोकेता गरेको छ । नेपाल सरकार, नेपाल ट्रष्टको कार्यालयलाई बुधबार एकपत्र काट्दै महानगरले सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को दफा १३(१५) बमोजिम पर्खालको संरचना बनाउन आग्रह गरेको हो ।
‘प्रस्तुत विषयमा काठमाडौँ महानगरपालिका वडा नं १ स्थित श्री नारायणहिटी दरबार संग्रहालयको सीमा पर्खाल, बस्ती विकास सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को दफा १३(१५) मा व्यवस्था भए बमोजिम १.२ मिटर अग्लो पर्खाल र सो माथि ०.६ मिटर अग्लो जाली राखी निर्माण गर्नुपर्ने व्यवस्था भएको हुँदा निर्मित संरचनामा सोही बमोजिम सुधार गर्नुहुन आग्रह गर्दछौँ’ महानगरपालिको जारी पत्रमा भनिएको छ ।
यसअघि सोही ब्यहोराको पत्र मिति २०८०/०९/१३ द्वारा पर्खालको पुनरसंरचना गर्न अनुरोध गरेको थियो । तर सो कार्य हालसम्म गरेको नदेखिएको हुँदा पुनः ताकेता पत्र लेखिएको महानगरपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
-
६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण