क्यानडा पठाइदिन्छु भन्दै ठग्ने २ विदेशीसहित ६ जना पक्राउ
पोखरा । क्यानडा लैजाने प्रलोभन देखाएर ठगी गर्ने ६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १ जना क्यानेडियन र भारतीयसमेत रहेका छन् ।
मंगलबार पोखराको बुद्धचोकको होटल टास्कमा क्यानेडा लैजाने प्रलोभन देखाएर अन्र्तवार्ता लिन बोलाएको सूचना पाएको प्रहरीले छापा हान्दा ६ जनालाई पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका–१३ पाटनवेशीकी ६५ वर्षीया पार्वती सुनारले छोरी क्यानेडामा रहेकाले सिधैं भिषा निकाल्ने प्रलोभन देखाएर अन्र्तवार्तामा बोलाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए । ‘अन्तरवार्ता पास भएपछि प्रतिव्यक्ति ३० लाख रुपैयाँ लाग्ने र अन्तरवार्ताका लागि २ हजार रुपैयाँ लिइरहेको अवस्थामा फेला पार्यौं’, उनले भने ।
पक्राउ पर्नेमा पार्वती सुनारसहित पोखरा–९ महेन्द्रपुलकी ३७ वर्षीया रिता सुनार, स्याङजाको फेदीखोला गाउँपालिका–३ बस्ने ३२ वर्षीया सिमा सुनार, काठमाडौं महानगरपालिका–१४ कलंकीका ३८ वर्षीय प्रदीप उपाध्याय रहेका छन् । यस्तै क्यानेडाका स्थायी ठेगनाका भएका ४५ वर्षीय राकेश जैसवाल र भारतको मध्यप्रदेश भोपालका ३२ वर्षीय इस्मित कौरसमेत पक्राउ परेका छन् ।
पक्राउ परेकालाई जिल्ला अदालत कास्कीबाट ठगी सम्बन्धि मुद्वामा ५ दिनको म्याद थप गरेर अनुसन्धान पक्रिया अगाडि बढाइएको छ ।
अन्तवार्ता दिने करिब ३० जना थिए । ‘कोही भर्खर पढ्दै प्लस टु पढ्दै गरेका थिए । होटलमा काम गर्दै गरेका पनि भेटिए । अझै केही सम्पर्कमा आउन बाँकी छ’, डिएसपी विकले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण