कोशीमा ११ जना स्थानीय तहका प्रतिनिधिले मतदान गर्न बाँकी
विराटनगर । बिहान ९ बजेदेखि सुरु भएको कोशी प्रदेश राष्ट्रियसभा निर्वाचनमा अब ११ जना स्थानीय तहका प्रतिनिधिले मतदान गर्न बाँकी रहेको छ । हालसम्म ९३ जनै प्रदेशसभा सांसदले मतदान गरिसकेका छन् । बाँकी प्रतिनिधिहरू आउने क्रममा रहेको निर्वाचन कार्यालयले जनाएको छ । दिउँसो ३ बजेसम्म मतदानको समय दिइएको छ ।
फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज मतदान हुँदैछ । त्यसमध्ये कोशी प्रदेशमा अन्य १ जना र महिला १ जनाका लागि चार जना चुनावी मैदानमा छन् । जसमा सत्ता गठबन्धनबाट काँग्रेसका कृष्णप्रसाद सिटौला र माओवादीबाट चम्पा कार्की उम्मेदवार छन् भने एमाले–राप्रपा गठबन्धनबाट एमालेकी रुक्मिणी कोइराला र राप्रपाका उद्धव पौडेल उम्मेदवार छन् ।
कोशीको ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० सांसद छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । कांग्रेसका प्रमुख–उपप्रमुख ११३, एमालेका ११२, माओवादी केन्द्रका ३१, एकीकृत नेकपा समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४–४ र स्वतन्त्र ३ जना छन् । स्वतन्त्रमध्ये धरानका प्रमुख हर्क साम्पाङ अहिलेसम्म मतदान गर्न आएका छैनन् ।
कोशी प्रदेशमा प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार ४२४८, कांग्रेसको ३६८४, माओवादी केन्द्रको १२७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ । कोशीमा राप्रपा र एमाले मिलेपछि गठबन्धनसँगको मतभार अन्तर ७९४ मा झरेको छ । सत्ता गठबन्धनसँग ५४३६ मतभार छ । एमाले र राप्रपाको मतभार ४६४२ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण