डोलिडारको परामर्शदाता छनोटमा चलखेल भएको भन्दै अख्तियारमा उजुरी
काठमाडौँ । डोलिडार अन्तर्गतको रुरल कनेक्टिभिटी इम्प्रुभमेन्ट प्रोजेक्ट (आरसीआइपी) को परामर्शदाता छनोटमा चलखेल भएको आरोप लागेको छ । सहरी विकाश मन्त्रालय अन्तर्गतको डोलिडारको परामर्शदाता छनोटमा चलखेल गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उजुरीकर्ताले ‘चलखेलबारे छानबिन गर्न आग्रह’ गरेका छन् ।
एडीबीको ऋण सहयोगमा सञ्चालित कनेक्टिभिटी इम्प्रुभमेन्ट प्रोजेक्ट (आरसीआइपी)को परामर्शदाताका लागि ८० करोड बजेट विनियोजन गरिएको छ । डोलिडारका आयोजना प्रमुख मोहनदत्त भट्ट र महानिर्देशक माधव भट्टराइले चलखेल गरेर इआरएमसी, इटेको र स्वाइल टेष्ट जेभीलाई परामर्शदाता छनोट गर्नेगरी काम गरेको उजुरकर्ताले जिकिर गरेका छन् ।
चलखेलबारे २०८० कार्तिक १६ मा उजुरी दर्ता गराए पनि आयोगले त्यसबारे छानबिनमा आनाकानी गरेको छ । जिम्मेवार अधिकारीहरूले परामर्शदाता छनोट सम्बन्धी गोप्य मापदण्ड नै बाहिर ल्याएको उजुरकर्ताको आरोप छ ।
परामर्शदाता सम्बन्धी आर्थिक प्रस्ताव माघ १४ मा खुल्दैछ । इन्भाइरोमेन्ट रिसोर्स मेनेजमेन्ट कम्पनी (ईआरएमसी) सिक्टा सिँचाइ आयोजनाले कालो सूचीमा राखेको कम्पनी हो । तर, सोही कम्पनीलाई परामर्शदाता नियुक्त गर्नेगरी चलखेल भइरहेको आरोप छ ।
डोलिडार अन्तर्गतको रुरल कनेक्टिभिटी इम्प्रुभमेन्ट प्रोजेक्ट सडक आयोजना हो । सो आयोजनाले ३२ भन्दा बढी जिल्लाका ग्रामीण सडकको काम गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण