हर्क साम्पाङले पनि गरे मतदान बहिष्कार
सुनसरी । धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् । साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् । व्यस्त भएका कारण भोट हाल्न नआउने उनले बताए ।
राजधानी विराटनगरमा मतदान जारी रहेको छ । अब ४ जना स्थानीयतहका जनप्रतिनिधिले मात्रै मतदान गर्न वाकि रहेको सहायक निर्वाचन अधिकृत हेम बहादुर बुढाथोकीले बताए ।
तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम, उपाध्यक्ष बलिराज इङनाम मोरङको ग्रामथान गाउँपालिकाका प्रमुख जयप्रकाश गच्छदार र धरानका मेयर हर्कराज राईले मात्रै मतदान गर्न बाँकी रहेको बुढाथोकीले बताए ।
हर्कले मतदान बहिस्कार गरेका छन् भने गच्छदार बिरामी छन् । गच्छदार हिजो भएको गठबन्धनको भेलामा बेहोस भएर ढलेपछि उनको उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कराँची तट नजिक सम्पर्कविहीन कार्गो विमानको खोजी जारी
-
अमेरिकाद्वारा इरानमा व्यापक हवाई हमला
-
टर्कीलाई एफ–३५ बेच्ने अमेरिकी योजनाको नेतन्याहूले गरे विरोध
-
रौतहटमा जग्गाको विषयमा विवाद हुँदा एक जनाको हत्या, बाबु-छोरा पक्राउ
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण