सेमिफाइनलमा सिनरसँग हारे जोकोभिच, कीर्तिमानी उपाधि चुम्ने सपना चकनाचुर
काठमाडौँ । सर्बियन टेनिस स्टार नोभाक जोकोभिचको इतिहास रच्ने सपना चकनाचुर भएको छ । कीर्तिमानी रुपमा २५औँ ग्रान्डस्लाम उपाधि जित्ने योजनामा रहेका जोकोभिच शुक्रबार अस्ट्रेलियन ओपनको सेमिफाइनलमै पराजित भएका छन् । जोकोभिच सन् २०१८ पछि पहिलो पटक अस्ट्रेलियन ओपनमा पराजित भएका हुन् ।
३६ वर्षीय जोकोभिचलाई इटालियन युवा खेलाडी यानिक सिनरले हराएका हुन् । २२ वर्षीय सिनरले अनुभवी जोकोभिचलाई ६–१, ६–२, ७–६ (८–६), ६–३ अंकले हराएका हुन् । जोकोभिच कीर्तिमानी २५औँ ग्रान्डस्लाम प्रतियोगिताको उपाधि जित्ने अभियानमा थिए ।
पहिलो वरीयतामा आसिन सर्बियन टेनिस स्टार जोकोभिचले हालसम्म ग्रान्डस्लाम प्रतियोगिताको २४ वटा उपाधि चुमिसकेका छन् । उनले अस्ट्रेलियन ओपनको पुरुष एकलतर्फको उपाधि पनि १० पटक जितिसकेका छन् । यसपटक उपाधि जितेको भए उनले अस्ट्रेलियन ओपनमा पनि इतिहास रच्ने थिए ।
जोकोभिचले हालसम्म तीनपटक फ्रेन्च ओपन, सातपटक विम्बल्डन र चारपटक यूएस ओपनको उपाधि चुमिसकेका छन् । तर, इटालियन खेलाडी सिनरले तुषारापात गरिदिए । सिनर भने पहिलो पटक कुनै पनि ग्रान्डस्लाम प्रतियोगिताको फाइनलमा पुगेका हुन् ।
यसअघि उनी ग्रान्डस्लाम प्रतियोगितामा सेमिफाइनल चरणभन्दा अगाडि बढ्न सकेका थिएनन् । सन् २०२३ मा उनी विम्बल्डनको सेमिफाइनलमा पुगेका थिए । उनी सन् २०२२ मा यूएस ओपन र सन् २०२० मा फ्रेन्च ओपनको क्वार्टरफाइनलमा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण