बेलायतका राजा चार्ल्स तृतीय अस्पताल भर्ना
शनिबार, १३ माघ २०८०, ०८ : ४०

काठमाडौँ । बेलायतका राजा चार्ल्स तृतीय लन्डनको एक निजी अस्पतालमा भर्ना भएका छन् । उनी प्रोस्टेटका बिरामी हुन् ।
प्रोस्टेटको शल्यक्रियाका लागि लन्डनको एक निजी अस्पतालमा उनलाई शुक्रबार भर्ना गरिएको बकिङ्घम प्यालेसले जनाएको छ । उक्त निजी क्लिनकमा वेल्सी राजकुमारीको पनि यसअघि शल्यक्रिया गरिएको थियो ।
बकिङ्घम प्यालेसले राजा चार्ल्स तृतीयको उपचार पछि उनको स्वास्थ्य सम्बन्धी जानकारी नियमित सार्वजनिक गर्ने जनाएको छ ।
यसअघि पनि बिरामी भएका चार्ल्सले शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विपरीत सिद्धान्तका दलहरू मिल्नु राजनीति होइन, विकृति हो’
-
खोटाङमा रास्वपाका पालिका सभापति एमालेमा, भट्टराईले गरे स्वागत
-
‘दोस्रो पटक सरकारमा जानु भुल थियो, तर नियत गलत थिएन’
-
रुपन्देहीबाट हुन्डीको १३ लाख ५० हजारसहित एक जना पक्राउ
-
‘थुम्के सामन्तवाद रहिरहँदा अस्थिरता भोगिरहेका छौँ’
-
मलामी जाँदै गरेका एक जनाको सडक दुर्घटनामा मृत्यु