ललितपुरका सन्दीप लण्डनमा मृत फेला
शनिबार, १३ माघ २०८०, ०९ : १५
लन्डन । ललितपुर निवासी २५ वर्षीय सन्दीप तामाङ लण्डनमा मृत फेला परेका छन् । लन्डनस्थित हेज क्षेत्रका प्रहरीले २० जनवरीमा उनको शव फेला पारेको थियो । शव फेला पारेपछि प्रहरीले आफन्तको खोजी गर्न लन्डनस्थित नेपाली दूतावासलाई सम्पर्क गरेको थियो ।
अन्ततः दूतावासको पहलमा मृतक तामाङको परिवारसँग सम्पर्क भएको नेपाली दूतावास लण्डनका द्वितीय सचिव रामबाबु नेपालले जानकारी दिए । केहि समय अगाडि स्किल भिसा अन्तर्गत बेलायत आएका तामाङ पछिल्लो समय परिवारका सदस्यसँग पनि सम्पर्कविहीन रहेका थिए ।
उनको मृत्युको वास्तविक कारण पत्ता नलागेको र यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । उनको शव बुझ्ने र नेपाल पठाउने वा बेलायतमा नै अन्त्येष्टि गर्ने सबन्धमा मृतकका परिवारसँग दूतावासले पहल गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण