शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरका सन्दीप लण्डनमा मृत फेला

शनिबार, १३ माघ २०८०, ०९ : १५
शनिबार, १३ माघ २०८०

लन्डन । ललितपुर निवासी २५ वर्षीय सन्दीप तामाङ लण्डनमा मृत फेला परेका छन् । लन्डनस्थित हेज  क्षेत्रका प्रहरीले २० जनवरीमा उनको शव फेला पारेको थियो । शव फेला पारेपछि प्रहरीले आफन्तको खोजी गर्न लन्डनस्थित नेपाली दूतावासलाई सम्पर्क गरेको थियो ।

अन्ततः  दूतावासको पहलमा मृतक तामाङको परिवारसँग सम्पर्क भएको नेपाली दूतावास लण्डनका द्वितीय सचिव रामबाबु नेपालले  जानकारी दिए । केहि समय अगाडि स्किल भिसा अन्तर्गत बेलायत आएका तामाङ पछिल्लो समय परिवारका सदस्यसँग पनि सम्पर्कविहीन रहेका थिए ।

उनको मृत्युको वास्तविक कारण पत्ता नलागेको र यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । उनको शव बुझ्ने र नेपाल पठाउने वा बेलायतमा नै अन्त्येष्टि गर्ने सबन्धमा मृतकका परिवारसँग दूतावासले पहल गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप