सेनाद्वारा ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय
शनिबार, १३ माघ २०८०, १९ : ५४

काठमाडौँ । नेपाली सेनाले ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय तुल्याएको छ । सेनाको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा परिसरको हेलिप्याड नजिक यही माघ ११ गते भेटिएका ती विस्फोटक पदार्थ निष्क्रिय तुल्याएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
बेवारिसे अवस्थामा भेटिएका ती विस्फोटक पदार्थ विगतका द्वन्द्वकालमा प्रयोग भएको हुनसक्ने सेनाको अनुमान छ । सङ्खवासभा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब परीक्षक घनश्याम श्रेष्ठले सरसफाइका क्रममा भेटिएको ती विस्फोटक पदार्थ नेपाली सेनाको सहयोगमा निष्क्रिय तुल्याएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–इरान युद्ध : नेपालीको उद्धारका लागि यस्तो छ सरकारको तयारी
-
एपीएफ–थ्री स्टार विवाद दुई वर्षपछि अपिल कमिटीले सुल्झायो
-
नक्कली प्रहरी पक्राउ, अपाङ्गलाई समेत डर देखाएर असुल्थे रकम
-
एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित
-
१५ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित