जसपासम्बद्ध नेपाली समाज कतारको तेस्रो अधिवेशन सकियो
आइतबार, १४ माघ २०८०, ०६ : ५२
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध प्रवास सङ्गठन नेपाली समाज कतारको तेस्रो अधिवेशन सम्पन्न भएको छ । कतारको ग्राण्ड मल्लस्थित लालीगुराँस रेष्टुरेन्टको सभाहलमा आयोजित भेलाले मनिष यादवको नेतृत्वमा २५ सदस्यीय समिति निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा नवाङ्ग फुरी शेर्पा, सरोज यादव, देवी मगर महासचिवमा पञ्कज राई, सचिवमा ई। विजय यादव, कोषाध्यक्ष जय प्रकाश यादव सहकोषाध्यक्षमा अर्जुन यादव र संस्थाको प्रेस संयोजकमा रामएकवाल राम निर्वाचित भएका छन् ।
जसपाले प्रवासमा रहेका नेपालीहरूलाई आबद्ध गर्न प्रवास विशेष प्रदेश समितिको संरचना बनाएको छ । जसअनुसार १८ मुलुकमा पार्टीको प्रवास सङ्गठन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण