सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जसपासम्बद्ध नेपाली समाज कतारको तेस्रो अधिवेशन सकियो

आइतबार, १४ माघ २०८०, ०६ : ५२
आइतबार, १४ माघ २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध प्रवास सङ्गठन नेपाली समाज कतारको तेस्रो अधिवेशन सम्पन्न भएको छ । कतारको ग्राण्ड मल्लस्थित लालीगुराँस रेष्टुरेन्टको सभाहलमा आयोजित भेलाले मनिष यादवको नेतृत्वमा २५ सदस्यीय समिति निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा नवाङ्ग फुरी शेर्पा, सरोज यादव, देवी मगर महासचिवमा पञ्कज राई, सचिवमा ई। विजय यादव, कोषाध्यक्ष जय प्रकाश यादव सहकोषाध्यक्षमा अर्जुन यादव र संस्थाको प्रेस संयोजकमा रामएकवाल राम निर्वाचित भएका छन् ।

जसपाले प्रवासमा रहेका नेपालीहरूलाई आबद्ध गर्न प्रवास विशेष प्रदेश समितिको संरचना बनाएको छ । जसअनुसार १८ मुलुकमा पार्टीको प्रवास सङ्गठन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप