सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
गजल

गजल : न हिन्दुले जितेको छ न मुसलमानले

आइतबार, १४ माघ २०८०, ११ : ५५
आइतबार, १४ माघ २०८०

न हिन्दुले  जितेकोछ  न  मुसलमानले 

जित्ने त  केवल  उहीँ  हजुर  शैतानले ।

जिउँदो  हुदा  मज्जाले पेलिइ रहेका छौ 

मरेपछि  मजा  आन्नद   देला   चिहानले ।

चिल्ला चिल्ला कुरा गर्छन् अघिपछि लागेर

मौका ताकी  पछाडि हान्छन् खुब धसानले ।

कस्को बल होला हुन त असम्भव के  छ  र

शासक केवल सोझिनन् ओखली कुटानले ।

म बुढो कैले सम्झिदिन आफैलाई  महोदय 

सोह्र   बर्ष  कै सम्झन्छु  इमानले  जबानले ।

किरण रिजाल"अन्जान"

विराटनगर -१

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप