गजल
गजल : न हिन्दुले जितेको छ न मुसलमानले
आइतबार, १४ माघ २०८०, ११ : ५५
न हिन्दुले जितेकोछ न मुसलमानले
जित्ने त केवल उहीँ हजुर शैतानले ।
जिउँदो हुदा मज्जाले पेलिइ रहेका छौ
मरेपछि मजा आन्नद देला चिहानले ।
चिल्ला चिल्ला कुरा गर्छन् अघिपछि लागेर
मौका ताकी पछाडि हान्छन् खुब धसानले ।
कस्को बल होला हुन त असम्भव के छ र
शासक केवल सोझिनन् ओखली कुटानले ।
म बुढो कैले सम्झिदिन आफैलाई महोदय
सोह्र बर्ष कै सम्झन्छु इमानले जबानले ।
किरण रिजाल"अन्जान"
विराटनगर -१
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण