न्याय प्रणाली र सामाजिक चेतनामा सुधार गर्न जरुरी छ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेपालको न्याय प्रणाली र सामाजिक चेतनामा सुधार गर्न जरुरी रहेको बताएका छन् । आइतबार एसिड आक्रमण पीडितहरूको जीवनमा आधारित ‘नमेटिने घाउ’ चलचित्रको शुभमुर्हत कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एसिड आक्रमण गर्नेहरूलाई कडा सजाय दिनुपर्ने बताए । अध्यक्ष ओलीले समेत उक्त चलचित्रमा पूर्व प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका छन् ।
‘नेपालमा निर्दोषलाई फसाउने दोषीलाई बचाउने स्थिति छ’ ओलीले भने, ‘त्यसकारण न्याय प्रणाली र सामाजिक चेतनामा सुधार गर्न जरुरी छ ।’ अध्यक्ष ओलीले एसिड आक्रमणरहित देश बनाउन सक्नुपर्ने त्यो सन्देश दिन सक्नुपर्ने बताए । उनले कतिपयले एसिड आक्रमणकारीलाई फाँसी दिनुपर्ने भनेर आवाज उठाए पनि अहिलेको संविधानले समेत त्यो व्यवस्था नगरेकाले त्यो पक्षमा आफू नरहेको बताए । बरु उनले नेपालको कानुनअनुसार जघन्य अपराधीहरूलाई उन्मुक्ति दिइरहेको अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।
‘जघन्य अपराधमा सोझै सत्ताको दुरुपयोग गरेर माफी दिने गरिएको छ’ अध्यक्ष ओलीले जुल्फीकर अलिभुट्टो र शुकरातको उदाहरण दिँदै प्रश्न गरे, ‘हाम्रो न्याय प्रणाली र न्याय पद्धति कस्तो छ ? हामीले साँच्चै न्याय दिलाउन सकेका छौ कि छैनौ ?’
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएकै बेला एसिड पीडितको पक्षमा कानुन बनाएको भन्दै पीडितहरूको पीडालाई सम्बोधन गर्ने प्रयास गरेको बताए । उनले त्यो कानुन पर्याप्त नभए पनि सुरुवात भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण